रहेनन् आनन्द थापा

शुक्रबार, ११ पुष २०७६, १२ : ०७ शुक्रवार
रहेनन् आनन्द थापा

दुई वर्षदेखि प्यारालाइसिसको रोगले थलिएका हास्य कलाकार आनन्द थापाको पुस १ मा निधन भएको छ। उनी ८१ वर्षका थिए। उनको पशुपति आर्यघाटमा पुस २ गते नै दाहसंस्कार गरिएको छ।

उनले ‘मनको बाँध’, ‘कुमारी’, कान्छी, मायाप्रीति, प्लान, राज, ठूली, बरदान, तँ त साह्रै बिग्रिस नि बद्री, मलाई मन प¥यो’ लगायतका फिल्ममा अभिनय गरेका थिए। हास्य लेखन तथा निर्देशनमा पनि सक्रिय रहेका थापाले भने दर्जनौँ सिरियलमा पनि अभिनय गरेका थिए।
 

Leave A Comment