जाडो त मनैपर्दैन

सोमबार, १४ पुष २०७६, ०१ : ०९ शुक्रवार
जाडो त मनैपर्दैन

मोडल तथा अभिनेत्री रञ्जिता गुरुङसँग भोला अधिकारीले गरेको  जाडो गफः
    
जाडोको कतिको महसुस गर्दै हुनुहुन्छ ?
ओहो,  भन्नै पर्दैन। जाडो त दिनदिनै बढिरहेको छ।

कति बजे उठ्नुहुन्छ ?
बिहान त्यस्तै ७ बज्छ।

किन त ढिला ?
मलाई त जाडो मौसम मनै पर्दैन अनि कसरी चाँडो उठौँ !

जाडो मौसम मन नपर्नुको खास कारण छ कि ?
मलाई त जाडो मौसममा एलर्जी भइहाल्छ। कतै जानुपर्दा पनि धेरै लुगा लगाएर हिँड्नुपर्ने। शरीरले एक त जाडो नै सहँदैन। जाडोमा मलाई त धेरै पीडा पो हुन्छ।

उसो भए गर्मी महिना मनपर्छ त ?
हो नि ! एलर्जी पनि हुँदैन त्यो बेला। कलाकार भएपछि सौन्दर्य त गर्मीमा नै खुल्छ। सबैका अगाडि राम्री र चिटिक्क परेकी देखिन्छ।

जाडो मौसममा सुटिङ हुँदाको कुनै स्मरणीय क्षण ?
त्यस्तो त केही छैन। सुटिङमा पुगेसी ड्रेस चेन्ज गर्दा अलिक गाह्रो हुन्छ। धेरै नै जाडो महसुस हुन्छ। सुटिङमा नाच्न थालेसी भने केही फिल हुँदैन। नाचिरहेकै हुन्छु।

जाडोको कुन महिना नभइदिए पनि हुन्थ्यो जस्तो लाग्छ ?
पुस–माघ हो। यो बेला साह्रै जाडो लाग्छ।

जाडोमा कस्ता पहिरन लगाउन मन लाग्छ ?
शरीर ढाकिने नै मनपर्छ।

जाडो मौसममा चाँडै घाम जाने हुनाले छिटै छुट्टी पाइएला नि ?
छिटो दिन जाने हुँदा फाइदा भन्दा पनि घाटा हुन्छ। एक दिनको साटो दुई तीन दिन सुटिङ लम्बिन्छ नि !

जाडो मौसममा घुम्ने कुरा नि ?
जाडोमा घुम्नै अल्छी लाग्छ।

अहिले कुन–कुन काममा व्यस्त हुनुहुन्छ ?
अहिले म्युजिक भिडियोमा नै व्यस्त छु। आज पनि म्युजिक भिडियोको सुट छ, त्यतै जान लागेकी छु।

Leave A Comment