यौनमा क्याबिन ज्वरो

मङ्गलबार, १५ पुष २०७६, १२ : ०३ डा. दिनेश बाँस्ताेला
यौनमा क्याबिन ज्वरो

यौन सम्पर्कको अभाव तथा अतृप्तिमा व्यक्तिमा बेचैनी तथा विरक्तिका कारण व्यक्ति निरास हुन पुग्छ। ‘विरक्ति र बेचैन’ को अवस्थालाई ‘क्याबिन ज्वरो’ भनिन्छ। यौन सम्पर्क गर्न नपाएको अवस्थामा व्यक्तिमा यस्तो समस्या उत्पन्न हुन सक्छ। यौन अभ्यास गर्ने व्यक्तिले कुनै न कुनै समयमा ‘क्याबिन ज्वरो’को अभ्यास तथा अनुभूति गरेकै हुन्छ। यस्तो निरासा हटाउने विभिन्न उपायमध्ये एक हो, सन्तुलित यौन सम्पर्क। अधिकांश यौन जोडीले यौन तृप्ति मेट्नका लागि विघ्न बाधा र अड्चन अवस्य पाएकै हुन्छन्। त्यस्तो अवस्थामा ‘क्याबिन ज्वरो’को अनुभूति हुनु स्वाभाविकै हो।

यौन व्यायाम
यौन विभिन्न व्यायामको माध्यममध्ये एक राम्रो व्यायाम हो। नियमति तथा सन्तुलितरुपमा यौन सम्पर्क गर्नाले व्यक्तिमा व्यायाम भइरहेको हुन्छ। जसले व्यक्तिलाई शारीरिक तथा मानसिकरुपमा स्वस्थ रहन सहयोग गर्छ।

यौन सम्पर्क यौन व्यायामको विकल्पका रुपमा लिन सकिन्छ। साइकल कुदाउने, दौड्नेजस्ता व्यायाम पुरुषका लागि यौन व्यायाम गर्न सकिन्छ। यौन सम्पर्क गरेको दिन दौडिने तथा साइकल चलाउने लगायत अन्य शारीरि व्यायाम गर्न आवश्यक हुन्छ नै भन्ने छैन। यस्तो अवस्थामा अन्य शारीरिक व्यायाम नगरेकै राम्रो। यस्ता सबै किसिमका व्यायाम एकै पटक गर्नु उचित पनि हुन्न।

खुसीको निष्कासन
यौन सम्पर्कको क्रममा शरीरबाट ‘इन्डर्फिन’ निष्कासन हुन्छ।  ‘इन्डर्फिन’ले व्यक्तिको मनलाई सुख र खुसी तुल्याउन सहयोग गर्छ। त्यसैले सन्तुलितरुपमा यौन सम्पर्क गर्नाले यौन जोडीबीचको यौन सम्बन्धमा उत्कृष्ट तथा गुणात्मक सम्बन्ध स्थापित गर्छ। शरीरबाट निष्कासन हुने गन्धले पनि व्यक्तिको सम्बन्ध कति लामो जान्छ भन्ने कुराको निर्धारण गर्छ।

मजबुत प्रणाली
यौनले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउँछ। जाडो मौसममा जति बढी कामोत्तेजना हुन्छ, त्यति नै शरीरको रोगप्रतिरोधात्मक क्षमता बढ्दै जान्छ। कामोत्तेजनाका कारण शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढ्ने भएपछि व्यक्ति स्वस्थ हुन सहयोग मिल्ने नै भयो।

त्यसैगरी यौन क्रियाकलाप गर्ने क्रममा व्यक्तिको -याल ग्रन्थीबाट ‘इम्युनोग्लोगुलिन–ए’ को  तह बढ्न पुग्छ। यसले व्यक्तिमा रुघाखोकी, सर्दी लाग्ने समस्याबाट बच्न सकिन्छ। यस्तो समस्याबाट बच्नका लागि हप्तामा सामान्यत तीनपटक यौन सम्पर्क गर्नुका साथै कामोत्तेजना पनि आउन आवश्यक हुन्छ। यसले यौन तनावको तहसमेत कम गर्छ।

अब्बल प्रस्तुति
सन्तुलित तथा स्वस्थ यौन सम्पर्कका कारण व्यक्तिको स्वचालितरुपमा व्यक्तिको स्नायु प्रणाली सुन्दर, शान्त हुन सहयोग पुग्छ। यौन सम्पर्कले स्नायुप्रणाली तथा स्वासप्रश्वास प्रणालीलाई फुकाउँछ। त्यति मात्रै हैन कुनै सभा, समारोहको मञ्चमा बोल्नुपर्ने व्यक्तिले १२ घण्टा अगाडि यौन सम्पर्क गरेर जाने हो भने उसको प्रस्तुति अब्बल हुन पुग्छ। यौन सम्पर्कले मञ्चमा बोल्न ऊर्जा मिल्छ। त्यसैले रातको समयमा स्वस्थ यौन सम्पर्क गरेर सुतेका यौन जोडीको भोलिपल्टको दैनिक क्रियाकलापको प्रस्तुति राम्रो हुन्छ। त्यो दिनको दैनिकी उज्ज्वल र मार्गदर्शी हुन्छ।

आनन्द निद्रा
हुन त जाडो मौसममा हावा सुख्खा हुन्छ। यस्तो अवस्थामा बिहान उठ्दा नाक बन्द हुनुका साथै घाँटी खसखसाउँछ। व्यक्ति स्वस्थ हुनका लागि मस्त निदाउन आवश्यक हुन्छ। विशेषगरी पुसदेखि चैत महिनासम्म आँखा बन्द गरी निदाउन आवश्यक हुन्छ। बेलुका सुत्नु अघि यौन जोडीबीचमा कामोत्तेजना आउनुका साथै यौन सम्पर्क भएको खण्डमा मिठो निद्रा लाग्छ।

यौन सम्पर्क गरिसकेपछि आनन्दित सुताइबाट मस्तिष्कमा प्रवाहित हुने ‘सेरोटोनिन’,‘ओपिओइड’जस्ता रसायनहरु निष्कासन हुन्छन्। जसले यौन जोडीलाई रिल्याक्स गराउँछ। मस्तिस्कमा निष्कासन हुने यस्ता रसायनले दुःख, कस्ट कम हुनुका साथै चिन्ताबाट मुक्त हुन्छ।

जाडो मौसममा सन्तुलितरुपमा यौन सम्पर्क गर्नाले ‘इन्डर्फिन’ निष्कासन हुन्छ।  व्यक्ति मौसमका कारण उदासिनताले ग्रसित भएको अवस्थामा यौन इच्छा तथा चाहनामा कमी आउँछ। तर यसरी यौन इच्छामा कमी आउनुको वास्तविक कारण थाहा नहुन सक्छ। यस्तो समस्या भएको अवस्थामा व्यक्ति निद्रा लाग्ने भएकाले कुम्भकर्णजस्तो सुतिरहन सक्छ।

यस्तो मानसिक समस्या भएको अवस्थामा यौन जोडीले जतिसुकै प्रेममय वातावरण र यौन उत्तेजना जगाउने किसिमका कुरा गरे पनि व्यक्तिमा यौन उत्तेजना जाग्दैन। त्यसैले यौन जोडीले यस्तो समस्या आउने अवस्थाप्रति समेत हुन आवश्यक छ।

जाडोमा यौनानन्द
वास्तवमा यौन जोडीले गर्मी मौसमको तुलनामा जाडौ मौसममा यौनसम्पर्क बढी गर्नु स्वाभाविकै हो। तुलनात्मकरुपमा जाडो मौसममा यौन इच्छा बढी जाग्रित हुने र विभिन्न चाडपर्व तथा उत्सवका कारण यो मौसममा यौन जोडीको बढी उपलब्धता हुने भएकाले जाडोमा यौन सम्पर्क बढी हुन्छ। यौन जोडीसँग जाडो मौसममा हाँसो, ठट्टा गर्नु सामान्य हो।

जाडो मौसम विवाहवारीको मौसमसमेत हो। अधिकांश धर्मावलम्बिको चाडपर्व, उत्सव तथा नयाँवर्षको रौनक यो मौसममा पर्छ। यो पिकनिकको मौसमसमेत हो। यौनका दृष्टिले हेर्ने हो भने जाडो मौसममा व्यक्तिको जमघट हुने भएकाले जाडोलाई प्रेम अंकुराउने मौसमका रुपमा लिन सकिन्छ। तर व्यक्तिले यौैनको समावेशलाई सिधै स्विकार गर्न भने मुस्किल छ। यौन क्रियाकलापलाई सकेसम्म गोप्य नै राख्ने चलन छ। यौन ओपन सेक्रेट (खुल्ला–गोप्य) हो। यौन मानिसमा मात्रै लागू हुने विषय हैन। यो प्राकृतिक हो भन्ने हो। यौन जोडीसँग यौन सम्पर्क भएको खण्डमा त यौन आनन्द नमिल्ने कुरै भएन। यसले तनाव कम गर्छ । विशेषगरी महिला यौन जोडी यौनसम्पर्क पश्चात् आफ्नो पुरुष जोडीसँग घनिष्ठ हुनुका साथै नजिक हुन्छन्।
प्रस्तुतिः  उपेन्द्र खड्का

Leave A Comment