भाग्य र शिल्पाको कुस्ती !

मङ्गलबार, १५ पुष २०७६, १२ : २३ शुक्रवार
भाग्य र शिल्पाको कुस्ती !

हुन त पुरुषको भाग्य र स्त्रीको चरित्र कसैले अनुमान गर्न सक्तैन भन्ने हाम्रो समाजमा उक्ति चल्तीमा छ तर हाम्री अभिनेत्री शिल्पा पोखरेलको जिन्दगीमा चाहिँ भाग्य नै सबैभन्दा ठूलो पहेली बन्न पुगेको छ।

कहिले प्रहरी–प्रशासनको तनाव, कहिले पूर्वपतिको, कहिले सिनेमा नचल्नुको दुःख त कहिले के ! २०७३ साल असार २९ गते फिल्म निर्माता छवि ओझासँग गुपचुप विवाह गरेकी शिल्पाले गुपचुपमै सम्बन्ध मिलाउन सकिनन्।

त्यसैले त यतिबेला उनलाई जे जति तनाव आइपरेको छ, त्यसको दोष उनले आफ्नो भाग्यमाथि थोपर्न भने छाडेकी छैनन्।

त्यसैले त गएको मंगलबार साँझ सामाजिक सञ्जाल इन्स्टाग्रामको स्टोरीमा एक हल्का मुस्कान सहितको तस्बिर पोस्ट गर्दै त्यसमा गज्जबको क्याप्सन फुराइन्। क्याप्सन छ, ‘गजबको प्रतिस्पर्धा चल्दैछ भाग्य र मबीच। ऊ जित्न दिँदैन, म हार्न जान्दिनँ !’

तपाईंलाई ‘वाह, क्या क्याप्सन !’ भन्ने लाग्यो भने बुझ्नुस्, जब जिन्दगीले झापड हान्छ नि यस्ता क्याप्सन कति फुर्छन्, फुर्छन्। पत्याउनु हुन्न भने शिल्पाको अर्को क्याप्सन कुर्नुस्।

Leave A Comment