जाडोमा वर्षाको भाग्य !

मङ्गलबार, १५ पुष २०७६, १२ : ३२ शुक्रवार
जाडोमा वर्षाको भाग्य !

यतिबेला टेलिभिजनमा ‘कमेडी च्याम्पियन’ निकै हिट भइरहेको छ। अब यो सोको निर्माता भएका कारणले केकी अधिकारीले सोलाई चटक्क माया मारेर फिल्म खेल्ने कुरा भएन ! तर उनले फिल्म खेल्ने फुर्सद नपाएपछि त्यसको फाइदा भने वर्षा शिवाकोटीलाई पुगेको छ।

हो त ! उनी अहिले दार्जिलिङमा छायाँकन भइरहेको ‘चालबाज’मा केकीको कुर्सी ओगट्ने निश्चित भएपछि दार्जिलिङतर्फ लागेकी छन्।

यतिबेला टेलिभिजनबाहेक केकीले ‘झिँगेदाउ’मा पनि काम गरिरहेकी छन्। अब फिल्मको सुटिङ जुधेपछि ढसमस्स ठाउँ ओगटेर बस्न पनि त मिलेन ! त्यसैले त ‘चालबाज’ गर्न भ्याउँदिनँ भनेर निर्माणसमूहलाई जानकारी गराउनेबित्तिकै त्यसको फाइदा वर्षा सिवाकोटीले पाइन्।

‘चालबाज’को अर्को रोचक कुरा के छ भने वर्षाको अपोजिटमा पुष्प खड्का देखिदैछन्। पुष्प भने यो फिल्मको पहिलो छनोट थिएनन्। खासमा ‘चालबाज’ शुरु हुनुअघि पुष्प ‘मारुनी’ फिल्मको च्यारिटी सो लिएर विदेश पुगेका थिए।

यस फिल्ममा केकीसँग नवअभिनेता अविनाश प्रधानले जोडी बाँध्ने कुरा थियो तर केकी नगाँसिने भएपछि उनले पारिवारिक समस्या देखाउँदै फिल्म खेल्न अस्वीकार गरे। यसको फाइदा पुष्पले पाए। फिल्ममा अब पुष्प खड्का र वर्षा सिवाकोटीको जोडी बाँधिनेछ।

अब केकी र अविनाशले छाडेको फिल्म यी दुईका लागि कत्तिको भाग्यमानी होला त ? त्यतिञ्जेल त कुर्नैप-यो नि ! कि कसो ?

Leave A Comment