फिल्म नबन्दै हल्लीखल्ली

मङ्गलबार, १५ पुष २०७६, १२ : ५१ शुक्रवार
फिल्म नबन्दै हल्लीखल्ली

‘प्रेमगीत ३’ निर्माण पूरा नहुँदै चर्चामा रहने फिल्ममध्येमा गनिन्छ। त्यसमाथि त्यसको हिरो प्रदीप खड्का छन् भने त झन् कुरै नगरौँ।

त्यसो त प्रदीप आफैँ मात्र पनि हल्लीखल्लीमा हुँदैनन्, उनको साथमा निर्माता सन्तोष सेन पनि सँगै मच्चिरहेका हुन्छन्।

अब हेर्नुस्, शुरुमा अभिनेत्री छान्ने होड चलाए, जबकि त्यसभन्दा अघि नै फिल्ममा अभिनेत्रीलाई लिइसकेको चर्चा चलिसकेको थियो। तापनि हल्ला गर्न काम लाग्छ भनेर अडिसन लिइछाडे।

दोस्रो हल्ला प्रदीपको जिमखानाको थियो। यत्तिको ज्यान त यसअघि कुनै हिरोको थिएन है भन्ने देखाउन छाडेनन्। ज्यानपछि पोस्टरका कुरा आइहाले। त्यसपछि पनि फिल्ममा प्रयोग गरिएको डेकोरेसन त कुनै फिल्मले पनि गर्न नसकेको चर्चा चुल्याए।

कहिले निर्माता, निर्देशक र अभिनेताको उस्तैउस्तै कपालको कुरा पनि उठाइयो। प्रदीपकको सिक्स प्याक बनाउने सल्लाह र सन्तोषको फिल्म चलाउन गरिएका यत्तिका हल्लाले कत्तिको काम गर्ने हो, त्यसका लागि फिल्म रिलिज कुर्नैपर्छ।

Leave A Comment