रेखाको कम ब्याक

बुधबार, १६ पुष २०७६, ०१ : १५ शुक्रवार
रेखाको कम ब्याक

रेखाले फिल्म गर्ने भनेर हल्ला चलाएको धेरै भयो तर उनको नयाँ फिल्मको कुनै सुरसार नै छैन। उनको फिल्म कहिले बन्ला र हलमा चल्ला भनेर उनका प्रशंसक कुरेको कुरै छन्।

पछिल्लो समय उनले ‘नीरफूल’ फिल्ममा सानो पाहुना बनेर झुल्किइन्। हुन त निर्देशक फूलमान वल पुराना मित्र भएको हुनाले उनले यो फिल्ममा उनी पाहुना बन्न तयार भइन् होला तर यही पाहुना बनेको फिल्म पनि गएको भदौ २७ मा आउनुपर्ने अझै पर्दामा पुग्ने समय जुरेको छैन।

अब त उनी पनि यो फिल्म उद्योगमा छिन् है भन्ने थाहा पाउनका लागि फेसबुके कविता र तस्बिर हेरेर दर्शकले थाहा पाउनु परिरहेको छ।

रोचक त के छ भने प्रेम भन्ने कुरामाथि नै विश्वास नरहेकी हाम्री प्यारी रेखाले प्रेमपूर्ण कविता र फुर्को जोडिरहेकी हुन्छिन्।
खैर, समयको सदुपयोग त गर्नैप-यो ! यो काइदा पनि नराम्रो होइन नि।

Leave A Comment