राजेश हमाल खोई ?

बुधबार, १६ पुष २०७६, ०१ : २२ शुक्रवार
राजेश हमाल खोई ?

फिल्मबाट छुट्टि मनाउन यदि कसैलाई आउँछ भने त्यो हाम्रा राजेश हमाललाई आउँछ। फिल्मको सुटिङबाहेक कतै घुमघाममा नबिताएका र विदेशबाहेक डुल्ने ठाउँ कहिल्यै नदेखेको हाम्रा हमालले फिल्मको अफर कम हुनेबित्तिकै डुलाईमा कमाल गरिरहेका छन्।

स–साना कार्यक्रममा उनी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म दौडिरहेका हुन्छन्। दुःखको कुरा यही दौडधुपका बेला देशका होनहार कलाकार र फिल्म निर्माताको दुःखद् अवशान भयो। तापनि उनले फेसबुकबाट ट्यास्स श्रद्धाञ्जली र समवेदनाका शब्द मात्र टाँसे।

हुन त हिरो भन्नेबित्तिकै यस्ता मरीमराउ–परीपराउमा जानै हुँदैन जस्तो गर्ने उनी मात्र एक्ला व्यक्ति त होइनन्। भुवन केसी, निखिल उप्रेती, विराट भट्टजस्ता पुराना कलाकार मात्र होइन, अनमोल केसी र उनको पुस्ता पनि मरीमराउमा देखिँदैनन्।

जसरी कुनै बेलाका स्टार समय बितेपछि स्टार रहँदैनन्, त्यसैगरी कुनै बेलाका ज्यूँदाजाग्दा मान्छे लाशमा परिणत हुन्छन्। यत्ति ज्ञान त यिनलाई नि हुनुपर्ने हो, हो कि नाइँ ?

Leave A Comment