सुरक्षाको रुवाबासी

बुधबार, १६ पुष २०७६, ०१ : २७ शुक्रवार
सुरक्षाको रुवाबासी

सुरक्षा पन्त नेपालका सीमित सम्भावना भएका अभिनेत्रीमध्येमा पर्छिन्। तर यस्ता सम्भावनाको हत्या फिल्ममा तिनले गर्ने अभिनयले भन्दा फिल्मको ओभरअल मेकिङले गरिदिन्छ।

अब भर्खरै निर्माणसम्पन्न भएको ‘आमा’ फिल्मकै कुरा लिऊँ न ! दीपेन्द्र के. खनालले ‘पशुपतिप्रसाद’ एउटा गम्भीर फिल्म बनाएका थिए। सानो र झिना मसिना समस्या एउटा व्यक्तिको लागि कति महत्वपूर्ण हुन्छ भन्ने सन्देश दिने सो फिल्ममा सबैभन्दा संवेदनशील कथा वृद्धाश्रममा बस्ने बूढी आमा र पशुपतिप्रसादको नजिकको सम्बन्धलाई दर्शकले निकै रुचाएका थिए।

अब यही संवेदनशीलता भुट्न दीपेन्द्रले ‘आमा’ नाममा फिल्म बनाएका छन्। यसको प्रोमो धमाधम टेलिभिजन र युट्युबमा चलिरहेका छन् तर त्यो प्रोमोले दर्शकलाई हलसम्म तान्ला भन्नेमा शंका नै छ।

त्यही ‘आमा’की छोरी बनेकी सुरक्षा ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दा बोल्दाबोल्दै भक्कानो फुटाइन्। यही फिल्मका लागि उनले आफ्नो रहरलाग्दो कपाल मुण्डन गरेकी थिइन्। आमा सम्झेर कयौँ पटक घुँक्क भएकी थिइन्।

पर्दामा आँशु बिक्री हुन्छ भन्ने थाहा पाएका दीपेन्द्रले पर्दामा ‘आमा’को आँशु बेच्ने प्रयासमा छन्, पर्दाबाहिर यिनै सुरक्षाले आँशु बेच्ने प्रयास गरेकी छन्। हेरौँ, बाहिरको र भित्रको आँशु कत्तिको बिक्री हुन्छ।

Leave A Comment