नेपाल आइडल : अटो चालक झक्कड

शुक्रबार, १८ पुष २०७६, १० : ५१ शुक्रवार
नेपाल आइडल : अटो चालक झक्कड

नेपाल आइडल नेपालगंज पुग्दा आइडल सिजन वनबाट चर्चामा आएका बेसुरा झक्कड थापा आर्कषणको केन्द्र बने। उनी अहिले अटो चालक भएका छन्। उनले जज कालीप्रसाद बास्कोटालाई बोकेर अडिसन स्थलमा लगेका थिए। उनको यो परिवर्तन देखेर सबैजना दंग परे। उनले अटोमा झक्कड थापा नै लेखेका छन्।

उनी आफू अहिले अटो चालक भए पनि नेपालगञ्जमा सबैले चिन्ने गरेको  बताउँदा कालीप्रसाद मक्ख परे। रियालिटी शोहरुले दर्शकको ध्यान तान्न बेसुराहरुलाई समेत प्रमुखताका साथ प्रस्तुत गर्ने गर्छ। नेपाल आइडलले झक्कडलाई दर्शकको ध्यान तान्न नै प्रयोग गरेको थियो।
सुरविनाको स्वर भए पनि उनी भाइरल भएपछि केही टेलिसिरियलमा पनि देखिए। कामका क्रममा भारत समेत गएका उनी जे होस् अहिले आफ्नै देशमा रोजगार भएछन् !

आइडलमा तीन पटक
सानै उमेरदेखि गाउने रहर भएका सञ्जय नेपाल आइडलको पहिलो सिजनदेखि नै सहभागी हुने गरेका थिए तर छानिएका थिएनन्। दोस्रो सिजनमा एक कदम अगाडि बढे पनि यात्रा लामो हुन सकेन। उनले हार मानेनन् र अहिले तेस्रो सिजनमा पनि सहभागी भए। तेस्रो सिजनको अडिसनमा उनले ‘जाऊ माया सररर पीर मान्ने को छ र’ बोलको गीत गाएका थिए। उनी निक्कै डराएका थिए।
उनलाई जजले फेरि अर्को गीत गाउन लगाए। उनले ‘शिशाको गोलीले’ बोलको गीत गाए र अडिसनको पहिलो चरण पास गरे। उनको यात्रा अगाडि बढ्ला त ?

Leave A Comment