अनिलालाई उपाधि

शुक्रबार, १८ पुष २०७६, ११ : २० शुक्रवार
अनिलालाई उपाधि

चीनको ग्वान्जोमा सम्पन्न ‘मिसेस् युनिभर्स २०१९’मा नेपालको प्रतिनिधि अनिला श्रेष्ठले मिसेज लोयलको उपाधि पाएकी छन्। ग्वान्जो नान्सा जिम्नाजियममा सम्पन्न प्रतियोगितामा ९० देशका विवाहिता महिला सुन्दरी सहभागी थिए। प्रतियोगितामा शीर्ष उपाधि भने म्यान्माले जितेको थियो।

फेसन कोरियोग्राफरका रुपमा स्थापित श्रेष्ठ २००५ देखि प्याजेन्ट क्षेत्रमा प्रवेश गरेकी हुन्। ग्रीन आर्टस् मिडियाका कार्यक्रम निर्देशक र कोरियोग्राफर समेत रहेकी अनिला हेरिटेज प्याजेन्टस् र मिस इको इन्टरनेसनलका लागि नेपालका नेसनल डारेक्टर समेत हुन्।

Leave A Comment