पञ्चकन्या सिपिभिसी पाइपलाई गुणस्तर चिह्न

शुक्रबार, १८ पुष २०७६, १२ : ४५ शुक्रवार
पञ्चकन्या सिपिभिसी पाइपलाई गुणस्तर चिह्न

नेपाल गुणस्तर तथा नापतौल विभागले पञ्चकन्या सिपिभिसी पाइपलाई नेपाल गुणस्तर चिह्न प्रदान गरेको छ। पञ्चकन्या ग्रुपले आइतबार प्रेस विज्ञप्ति जारी गरी सो जानकारी गराएको हो।

ग्रुपले प्लास्टिक पाइप भारत निर्यात गर्ने मात्र नभई अरु पनि नौलो काम गर्दै आएको जनाएको छ। विगत ९ वर्षअघि बजारमा आएको पञ्चकन्या सिपिभिसी पाइप लोकप्रिय बन्दै आएको ग्रुपले जनाएको छ। उच्चस्तरीय जापानी कच्चा पदार्थबाट आधुनिक प्रविधि प्रयोग गरी पाइप निर्माण गर्ने पञ्चकन्या ग्रुप नेपालको पहिलो भएको दाबी विज्ञप्तिमा गरिएको छ।

ग्रुपले भारतीय आइएसआई स्ट्यान्डर्स सर्टिफिकेट र अमेरिकन स्ट्यान्डर्सअनुरुप काम गर्दै आएको दाबी गरेको छ। यो नेपाल गुणस्तर चिह्न एनएस ५७० प्राप्त गर्ने पहिलो नेपाली सिपिभिसी पाइप भएको दाबी विज्ञप्तिमा गरिएको छ।




Leave A Comment