पर्दामा पहिलोपल्ट निखिल–प्रियंका

आइतबार, ३० साउन २०७३, ११ : २५ शुक्रवार , Kathmandu
पर्दामा पहिलोपल्ट निखिल–प्रियंका

पहिलोपल्ट अभिनेता निखिल उप्रेती र अभिनेत्री प्रियंका कार्कीले स्क्रिन सेयन गर्ने भएका छन् । फिल्म लेखक जगदीश्वर थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘राधे’का लागि उनीहरू अनुबन्धित भएको खबर प्राप्त भएको छ । फिल्मका लागि निखिल, अशिष्मा नकर्मी र प्रमोद अग्रहरी यसअघि नै फाइनल भइसके पनि प्रियंकाको टुंगो लागेको थिएन । अमेरिका पुगेकी प्रियंका नेपाल फर्किएलगत्तै फिल्म साइन गरेको बुझिएको छ । फिल्म भदौ पहिलो सातादेखि छायांकनमा जाने तयारीमा जुटेको छ ।

Leave A Comment