यौन उत्कर्षको तनाव

मङ्गलबार, २२ पुष २०७६, १२ : ०० डा. दिनेश बाँस्ताेला
यौन उत्कर्षको तनाव

यौन जोडीबीचको यौनजन्य क्रियाकलापमा आ–आफ्नै किसिमका धारणा तथा अभ्यास हुन्छन्। अभ्यास र धारणा अनुभवका आधारमा परिमार्जित र व्यावहारिक हुँदै जान्छन्। सामान्यरुपमा भन्नुपर्दा अभ्यासलाई तीनवटा दृष्टिकोणले निर्देशित गरेको हुन्छ। उमेर तथा अभ्यासको आधारमा यौन जोडीबीचको दृष्टिकोण भरपर्छ।

कल्पना र नैतिकताले यौनजोडीलाई निर्देशित गरेको हुन्छ। पुरुषले अप्राकृतिक यौनबाट छुट्कारा पाउन कोसिस गरेको हुन्छ। त्यति मात्रै हैन यौन जोडीबाट हुने हैरानी तथा सामाजिक लाजगालबाट पनि व्यक्ति उन्मुक्ति पाउन खोज्छ। सामाजिक तथा लोकलाज, यौनजोडीको तनाव, यौन जोडीको अभावलगायतको समस्याबाट बच्न व्यक्तिले अप्राकृतिक यौन सम्पर्क गरी यौन तृप्ति मेट्नु स्वाभाविकै हो।

तर अप्राकृतिक यौन क्रियाकलापबाट लिने यौन सन्तुष्टि प्राकृतिक जस्तो आनन्दमयी अवस्य हुन्न। प्राकृतिक यौन सम्पर्क गर्नेक्रममा व्यक्ति यौन उत्कर्षमा पुग्छ नै भन्ने ग्यारेन्टि हुन्न। प्राकृतिक यौन सम्पर्क गरी यौन उत्पकर्षमा पुग्नका लागि यौन क्रियाकलापको कला त हुन आवश्यक छ नै। यौन क्रियाकलापको राम्रो ज्ञान हुन आवश्यक छ।

यौन उत्कर्ष तनाव
यौन विशेषगरी पुरुषले हाँक्ने कला हो। यौन सम्पर्कका क्रममा महिलाले पुरुषलाई यौन भावले प्रचण्ड उत्कर्षमा पु-याउनु महिलाको सामथ्र्य हो। यौन जोडी महिलाले पुरुष यौन जोडीलाई चुम्बन गर्दा, लिंग चलाइदिँदा पुरुषमा यौन उत्तेजना आउनु स्वाभाविकै हो।

महिलाले पुरुषलाई यौनजन्य क्रियाकलापको क्रममा उत्कर्षमा पु-याउनु र सकेसम्म आफैँलाई प्रतिक्रिया जनाउन धेरै हतार नगर्नु नै उत्तम हुन्छ। यौनको मामलामा कामोत्तेजना नै अन्तिम लक्ष हो। यौन जोडीले ख्याल गर्नै पर्ने कुरा के हो भने, महिला यौन जोडीका लागि पुरुष यौन जोडीले गर्ने स्पर्श तथा चुम्बन आनन्ददायी हुन सक्छ। त्यसैले दुवै यौन जोडी यौन उत्कर्षमा पुग्नका लागि स्पर्श तथा चुम्बनको महत्वपूर्ण भूमिका हुन्छ।

यौन क्रियाकलापका क्रममा महिलाका शारीरिक अंगमा पुरुष यौन जोडीले स्पर्श गर्नु तथा चलाउनु आनन्दायी हुनसक्छ। यौन जोडीबीच एक आपसमा विभिन्न किसिमका अंगहरुको स्पर्शले दुवै यौन जोडीलाई यौनानन्द मिल्छ। जुन यौनका लागि दोहोरो सञ्चार प्रक्रिया हो। यस्तो यौन स्पर्शको सञ्चार दुवै यौन जोडीमा लागू हुन्छ नै भन्ने छैन। यौन क्रियाकलाप तथा सम्पर्कको क्रममा यौन जोडीबीचको भर्बल होस् वा नन्भर्बल (बोलेर वा नबोली) नै किन नहोस् दोहोरो सञ्चारको आवश्यक हुन्छ। यो यौनको पहिलो दृष्टिकोण हो।

धार्मिक आस्था तथा विश्वासका कारण असंवेदनशीलताबाट पनि व्यक्ति उन्मुक्ति हुन चाहन्छ। मठमन्दिर वा सार्वजनिक स्थलमा व्यक्तिले जथाभावी यौन सम्पर्क गर्न चाहँदैन। उपयुक्त यौन जोडी, सही स्थान र सही समयमा यौन सम्पर्क गर्नु दुवै यौनजोडीका लागि उपयुक्त हुन्छ।

व्यक्तिको स्वभाव नै अन्य व्यक्तिको व्यवहार, देखासिकि तथा भनाइबाट थाहा पाउन सकिन्छ। व्यक्तिले अरुले जे गरेर यौनानन्द लिएको छ, त्यसैगरी यौनानन्द लिन चाहनु स्वाभाविकै हो। व्यक्तिले यौनाभ्यास गर्न सिक्न चाहन्छन्। यसरी यौनानन्द लिनका लागि तीनवटा अग्रगामी अवस्था तथा स्थितिमा पुगेको हुनुपर्छ।

सुखद् तथा आनन्दमयी यौन सम्पर्कका लागि व्यक्ति पूर्ण तयारी अवस्थामा रहेको हुनुपर्छ। यौन आनन्द लिनका लागि दुवै यौन जोडी यौनसम्पर्कका लागि तयारी अवस्थामा त हुनुप¥यो नै यौन सम्पर्कको क्रममा यौन उत्तेजना तथा यौन उत्कर्षमा पुग्न आवश्यक हुन्छ। यौन सम्पर्कको क्रममा कामोत्तेजनाको चरण पार गरी व्यक्ति स्खलित भएको अवस्थामा यौनानन्द मिल्छ। यस्ता विषयप्रति यौन जोडी सचेत हुन आवश्यक छ।

यौन उत्कर्ष तथा स्खलनको समयमा विशेषगरी महिला पुरुष यौनजोडीप्रति क्रियाशील र सहानुभूतिपूर्ण भावले हेरेकी हुन्छिन्। पुरुषले पनि यस्तो प्रतिक्रिया जनाउने भए पनि पुरुषको तुलनामा महिला यौन जोडीले छिटो प्रतिक्रिया देखाउँछिन्।

नो टेन्सन
कामोत्तेजनाको शक्तिलाई विभाजन गर्नसमेत सकिन्छ। कामोत्तेजनाको शिखरमा पुगेर स्खलित भएको पुरुषसँग अनुभवी महिलाले तुरुन्त यौन सम्पर्कका लागि प्रस्ताव नराख्नु नै बुद्धिमता हुन्छ। स्खलित पुरुषलाई तत्कालै पुनः यौन सम्पर्कका लागि सरिक हुन असहजता पर्छ। स्खलित पुरुषलाई महिलाले तत्कालै यौन सम्पर्कका लागि प्रस्ताव राखेको अवस्थामा पुरुषले पुनः यौन सम्पर्कमा सरिक हुन नसकेको खण्डमा पुरुषमा हिनताबोधको अवस्था सिर्जना हुन पुग्छ। त्यसैले यस्तो विषयमा यौन जोडीले ख्याल गर्नु आवश्यक हुन्छ। दुवै यौन जोडीले यौन जोडीको शारीरिक तथा मानसिक अवस्थाको विचार गरेर यौन क्रियाकलापमा सरिक हुन आवश्यक छ।

जोडीमध्ये एक वा दुवै यौन उत्कर्षमा नपुगेको अवस्थामा तनाव लिनु हुन्न। यौन उत्पकर्षमा नपुगेको कारण पत्ता लगाएर उपचार भने खोज्न सकिन्छ। तर यौन उत्तेजनाकै विषयलाई लिएर यौन जोडीबीचमा अविश्वास तथा वैमनस्यताको वातावरण सृजना हुनु गलत हो। व्यक्ति शारीरिक तथा मानसिकरुपमा स्वस्थ हुँदाहुँदै पनि यौन क्रियाकलाप तथा यौन सम्पर्कको कला नजानेको खण्डमा यौन उत्कर्षमा पुग्न नसक्नु स्वाभाविकै हो।

यौन जोडीमध्ये एक यौन उत्कर्षमा पुग्ने तर अर्को यौनजोडी यौन उत्पकर्षमा नपुगेको खण्डमा यस्तो समस्या हुन सक्छ। त्यसैले दुवै यौन जोडी एकैसाथ यौन उत्पकर्षमा पुग्नका लागि दुवैमा यौन क्रियाकलाप, यौन क्रिडा तथा यौन सम्पर्कको कला आवश्यक हुन्छ।

एकपटक कामोत्तेजनामा नपुगेको अवस्थामा पुनः यौन उत्कर्ष तथा कामोत्तेजनामा नपुगिने पो हो कि भन्नेजस्ता आशंकाका दृष्टिले हेर्नु गलत हुन्छ। यस्तो दृष्टिले तनाव पैदा गर्ने भएकाले व्यक्ति सचेत हुन आवश्यक छ।

उपयुक्त वातावरणमा उत्कर्ष
उपयुक्त व्यक्ति, सही स्थान तथा समयको अभावमा यस्तो समस्या निम्तिन सक्ने भएकाले सबै हिसाबले सुरक्षित भैसकेपछि यौन जोडी यौन क्रियाकलापमा सरिक हुनु उचित हुन्छ। उपयुक्त यौन जोडीको अभावमा व्यक्ति यौन सम्पर्कका क्रममा सशंकित हुन पुग्छ। जसले व्यक्तिमा डर, चिन्ता पैदा हुन गई यौन उत्कर्षमा नपुग्ने सम्भावन हुन्छ।

त्यसैले उपयुक्त तथा सुरक्षित व्यक्तिसँग यौन सम्पर्क गर्नाले व्यक्ति उत्कर्षमा पुग्न सक्छ। अर्कोतर्फ जहिल्यै पनि व्यक्तिले सुरक्षित स्थानमा मात्रै यौन सम्पर्क गर्नु पर्छ। जुन पायो त्यही स्थानमा यौन सम्पर्क गर्नाले डर, त्रास पैदा हुन सक्छ। यस्तो अवस्थामा व्यक्तिमा यौनानन्द त परै छाडौं मानसिक तनाव पैदा हुने जोखिम हुन्छ। जसले यौन उत्कर्ष त कल्पना मात्रै हुन पुग्छ। यस्ता विषयप्रति यौन जोडी सचेत हुन आवश्यक छ। 

यौन जोडी बिरामी परेको तथा तनावमा परेको अवस्थामा यौन सम्पर्कका लागि प्रस्ताव गर्नु हुन्न। व्यक्ति शारीरिक तथा मानसिकरुपमा अस्वस्थ भएको अवस्थामा यौन सम्पर्कको प्रस्ताव गरेको तथा यौन सम्पर्क गरेको अवस्थामा यौनानन्द मिल्ने हैन। उल्टै तनाव थपिन्छ। जसले व्यक्तिमा थप तनाव त उत्पन्न हुने जोखिम हुन्छ नै तितो अनुभवका कारण पछिल्ला यौन क्रियाकलाप निरस र खल्ला हुन पुग्छन्।

यौन जोडीले एक आपसमा समस्या नबुझेको अवस्थामा वैकल्पिक जोडी खोज्ने जोखिम त हुन्छ नै आत्महत्यासम्मको जोखिम हुन्छ।

भावना बुझेर यौन
स्वार्थपूर्ण ढंगले यौन सम्पर्क गरेको खण्डमा व्यक्तिमा उत्कर्षको समस्या निम्तिन सक्छ। त्यसैले यौन जोडीले हेर्ने दृष्टिकोणमा पनि उत्कर्ष भर पर्छ। यौन जोडीबीचको उचित सञ्चार तथा समस्या नबुझेको अवस्थामा यौन जोडीबीचमा वैमनस्यताको अवस्था सिर्जना हुन पुग्छ। यस्तो अवस्थामा उत्कर्षको त कुरै छाडौैं समस्या बल्झिन सक्ने भएकाले दुवै यौन जोडीले शारीरिक तथा मानसिकरुपमा तयारी भैसकेपछि यौन जोडी यौन क्रियाकलापमा सरिक हुन आवश्यक छ।

एक पक्षीय यौन क्रियाकलापले हिनताबोध, असन्तुष्टि तथा जीवनकै असफलताको परिचायक हुन सक्छ। त्यसैले यौन जोडीबीच एक आपसमा भावना बुझेर यौन क्रियाकलापमा सरिक हुनु नै बुद्धिमता हुन्छ।
प्रस्तुति : उपेन्द्र खड्का

Leave A Comment