नोटिसमै पर्न गाह्रो

बुधबार, २३ पुष २०७६, १२ : ५६ शुक्रवार
नोटिसमै पर्न गाह्रो

‘रणवीर’बाट अभिनय यात्रा थालेकी सुपुष्पा भट्टका फिल्म हलमा कमै लागेका छन्। उनले खेलेको पहिलो फिल्म नै फ्लप भयो। तापनि चुपचाप बसिन्। फिल्म ‘छ माया छपक्कै’ मा अभिनय गरिन्। फिल्म हिट त भयो तर उनको भागमा क्रेडिटै आएन। ‘चपली हाइट ३’ मा अभिनय गरेकी उनले त्यसबाट पनि क्रेडिट पाउने हो या हैन शंकै छ। कारण, हालै भएको एक पत्रकार सम्मेलनमा उनले आफू भर्खर फिल्म क्षेत्रमा आएकाले नोटिस हुने क्यारेक्टर खोजिरहेको बताइन्। चपली हाइटको तेस्रो सिक्वेलमा नायिका स्वस्तिमा खड्का छिन्। अब दर्शकमाझ परिचित स्वस्तिमाका अगाडि दर्शकमाझ नोटिसमा पर्न उनलाई सकस त पर्ने नै भयो। तर दमदार अभिनय गरेको छ भने त पक्कै दर्शकले याद गरिहाल्छन् । यसपालि चैँ पक्कै नोटिस्मा पर्नु है ! बेस्ट अफ लक !

Leave A Comment