रोडिज : पोल खोल्दै प्रतियोगी

शुक्रबार, २५ पुष २०७६, १२ : १० शुक्रवार
रोडिज : पोल खोल्दै प्रतियोगी

साहसको प्रदर्शनमा आधारित रियालिटी शो रोडिज् अहिले प्रतियोगीहरुको आ–आफ्ना हृदयविदारक कथा आउन थालेको छ। परिवारको दुःख, आफ्ना दुःख, कथाव्यथालाई खुबै प्राथमिकता दिइरहेको छ, रोडिज्ले।

तेस्रो एपिसोड चितवनमा पुग्दा पनि यो क्रम जारी रह्यो। प्रतिस्पर्धी प्रतिमा सेनले आफ्नै व्यथा सुनाइन्। मिस कपिलबस्तुमा बेस्ट दिँदा फस्ट रनर अप भएको भन्दै प्रतियोगिताको पोल खोलिन्। उनले सौन्दर्यको नाममा बिक्री वितरण चल्ने गरेको भन्दै आफू सक्षम हुँदाहुँदै पनि धेरै पैसा नदिँदा विजेता नबनाइएको बताइन्।

आफूले विनरको नाम एक दिन अगाडि नै चाल पाएको दाबी गर्दै भनिन्, ‘मैले ६६ हजार दिएको भए, म विजेता हुन्थेँ। मैले यो फस्ट रनर हुँदा पनि त्यसै पाएको होइन। मैले किनेकी हुँ। मैले सबै टिकट बिकाएकी थिएँ तर सौन्दर्यको नाममा बिक्री वितरण हुँदा चाहिँ मन परेन।’

पहिलो प्रतिस्पर्धी सागर शाहीले रोडिज् जितेपछि हाफ प्यारालाइसिस भएका बुबाको उपचार गर्ने भन्दै जजहरुको मन जित्ने प्रयास गरे।

सिर्जनालाई अंकलको यौनको प्रस्ताव
रोडिजको अडिसनमा सहभागी सिर्जना बस्नेत र सुजन बस्नेतलाई जजहरुले कसैलाई पनि थाहा नभएको कुरा भन्न आग्रह गरे। यसमा सिर्जनाले आफ्नो अंकल पर्नेले आफूलाई रुममा बोलाउने र यौन सम्पर्क राख्न खोजेर दुव्र्यवहार गरेको बताइन्।

बुवा  नभएकाले ती अंकल पर्नेले अनैतिक सम्बन्ध राख्न प्रस्ताव गर्ने गरेको बताउँदा उनको आँखा रसाएका थिए। सम्बन्ध बिग्रिएला भनेर आफूले दुव्र्यवहार भोगे पनि कसैलाई नभनेको खुलाइन्। दुवै दिदीभाई अर्को राउन्डका लागि चयन भए।

चिनेकै साथीले फसायो
भारतमा रहेको बेला महेश गैरेलाई साथीले आफ्नो मोबाइल पार्सल काठमाडौँ लैजा भनेर दिए। उनले साथीले भनेको कुरा माने र प्याकिङ गरेको सामान नेपाल ल्याइदिए। भारतबाट नेपाल आउँदा उनले भन्सारको कागज ल्याउन भुलेछन्। बाटोमा चेकिङ थियो। उनलाई प्रहरीले सोध्यो के छ झोलामा। उनले जवाफ दिए मेरो झोलामा मोबाइल छ। यति ठूलो पनि मोबाइल हुन्छ भन्दै प्रहरीले खोतल्यो। मोबाइलभित्र लागु औषध पो रहेछ ! उनका अनुसार उनलाई यो थाहा थिएन। प्रहरीले पक्राउ गरी जेल हाल्यो। उनी यही केसमा २९ महिना जेल परे।

Leave A Comment