फुरुङ्ग सुहाना

बिहिबार, ०२ माघ २०७६, ११ : ५२ शुक्रवार
फुरुङ्ग सुहाना

पहिलो फिल्म ‘ए मेरो हजुर ३’ ले निर्मातालाई घाटै लगाए पनि सुहाना थापाको अभिनय धेरैले मन पराए। स्टार भनिएका अनमोल केसीसँग स्क्रिन सेयर गरेकी उनको अभिनय केसीको भन्दा राम्रो मानियो। थियो पनि त्यस्तै। पहिलो फिल्मबाटै दर्शकमाझ नोटिस्ड भएपछि फिल्मको अफर त आउने नै भयो। त्यसैले त उनी युरोपतिर ६ महिना बराल्लिएर यसै साता काठमाडौं उत्रिइन्।

उनी नेपाल फर्कनुको उद्देश्य ‘ए मेरो हजुर’को चौथो सिक्वेलकै लागि हो। ‘ए मेरो हजुर’को सिक्वेलमा मौका पाउनुको अर्थ उनको बजारमा डिमान्ड ह्वात्तै बढेर भने हैन। यो फिल्म उनको होम प्रडक्सनकै हो। तैपनि उनी खुसी नै देखिइन्। खुसी हुनुको कारण, उनको अपोजिटमा उही अनमोल केसी नै दोहोरिनु पनि देखियो। फिल्मीफन्डैका लागि भए पनि तेस्रो सिक्वेलमा यो जोडीबीच फिल्मी रोमान्स मात्रै होइन, रियल रोमान्स नै शुरु भएको भान दिन उनकै आमा अनमोललाई ज्वाईँ भन्दै मरिहत्ते गरेर लागेको देखिएकै हो। तर फिल्मसँगै यी दुवैको रोमान्सको हल्ला पनि सेलायो। रियलमा के हुन्छ कुन्नी तर रिलमा भने यी दुवैको केमेस्ट्री मिलेको थियो।

Leave A Comment