बाघै हुन् त विराज ?

बिहिबार, ०२ माघ २०७६, १२ : ०२ शुक्रवार
बाघै हुन् त विराज ?

गत शुक्रबार काठमाडौँको नयाँ बानेश्वरमा ‘साङ्लो’ फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रम थियो। कार्यक्रममा सँगै थिइन निकिता चाण्डक। कार्यक्रममा उद्घोष नरेश भट्टराईले विराजलाई ‘बाघ फर्कियो’ भन्दा उनको अनुहार निकै प्रफुल्ल देखियो। नरेशको भनाइ नसकिँदै पत्रकारले विराजलाई प्रश्न गरे, ‘साँच्चै बाघ फर्किएकै हो त ?’ उनले जवाफ दिए ‘बाघ कहाँ गएको थियो र फर्किनलाई ? बाघ जंगलभन्दा बाहिर गएको थिएन’ भन्दै उनले आफू नेपाली फिल्म क्षेत्रको बाघै भएको दाबी गरे। उनी अझ हौसिदै बाघले शिकार गर्न जंगल परिवर्तन गरेको पो भने !

नेपाली फिल्ममा सफल हुँदाहुँदै उनी भोजपुरी फिल्मतिर हान्निएका थिए। अनि अहिले आफ्नै निर्देशन र निर्माणमा ‘साङ्लो’ फिल्म बनाए। अहिले फिल्मको हाइप क्रिएट गर्न मरिहत्ते गरेर लागेका छन्। तर सोचेजस्तो हाइप अझै बन्न सकेको छैन। हलमा लागेका नेपाली फिल्मको व्यापार चौपट भएको बेलामा उनको ‘साङ्लो’ले दर्शकलाई बाँधेर बाघै बन्ने हुन् कि आफैं साङ्लोमा बाधिएर स्याल हुने हुन्, त्यो त फिल्म रिलिजपछि थाहा भइहाल्छ।

Leave A Comment