प्रकाश पनि हिरो

बिहिबार, ०२ माघ २०७६, १२ : ३९ शुक्रवार
प्रकाश पनि हिरो

‘बोल माया’, ‘गलबन्दी’ बोलका गीत चलेसँगै चर्चामा आए गायक प्रकाश सपूत। उनले धेरै अन्तर्वार्तामा भनिरहे, ‘मलाई हिरो हुन मन छ।’ अब उनको कामना पनि पूरा हुने भएको छ। एक फिल्ममा उनी हिरो हुने पक्कापक्की भएको छ।

उनको इच्छा पूरा गर्न लागेका हुन् ‘परदेशी’ र ‘गोर्खा पल्टन’ फिल्मका निर्देशक नारायण रायमाझीले। उनले फिल्म ‘परदेशी २’ बनाउने घोषणासँगै गायक सपूतलाई अनुबन्ध गरे। म्युजिक भिडियोमा उनको अभिनय हेर्ने हो भने केही अभिनय कला पक्कै छ उनमा। तर म्युजिक भिडियोको अनुभव मात्र पक्कै पर्याप्त हुन्न फिल्ममा। अभिनय उनको प्यासन मात्रै हो कि क्षमता सहितको प्यासन, त्यो त फिल्म रिलिजपछि देखिन्छ नै। तर गायकबाट नायक बनेका रामकृष्ण ढकाल, यम बराल, यशकुमार, बाबु बोगटी, प्रशान्त तामाङ, सत्यराज आचार्यहरुको नतिजा हेर्ने हो भने सुखदै हुन्छ फिल्मी यात्रा भन्न सकिन्न।

Leave A Comment