बेल्जियममा ‘मिस नेपाल युरोप’ हुने

शुक्रबार, ०३ माघ २०७६, १२ : २८ शुक्रवार
बेल्जियममा ‘मिस नेपाल युरोप’ हुने

बेल्जियममा मिस नेपाल युरोप २०२० आयोजना हुने भएको छ। ड्रिम्स नेपाल बेल्जियमले २६ जनवरीमा बेल्जियमको लुभेन शहरमा कार्यक्रमको आयोजना गर्न लागेको हो। प्रतियोगितामा युरोपका विभिन्न देशमा भएको अडिसनबाट छनोट भएका उत्कृष्ट १२ प्रतिस्पर्धी टाइटलका लागि प्रतिस्पर्धामा उत्रदै छन्। कार्यक्रमको तयारी पूरा भइसकेको ड्रिम्स नेपाल बेल्जियमकी संस्थापक तथा गैर आवासीय नेपाली संघ युरोपकी महिला संयोजक योगिता थापाले बताइन्।

अडिसनमार्फत् फिनल्यान्डबाट निरुशा कार्की, फ्रान्सबाट अस्मिता ढकाल, श्रेया भण्डारी, सुस्मिता न्यौपाने, नर्वेबाट श्रद्धा थापा, अस्ट्रियाबाट स्नेहा मल्ल, सुशीला बोहरा, जर्मनीबाट समा पराजुली, आश्मा घिमिरे, बेल्जियमबाट ज्योति भट्ट, लुना श्रेष्ठ, सविना नेपाली, स्वीजरल्यान्डबाट रोजमेरी भाटिया, आयरल्यान्डबाट संगीता थापा, फिनल्यान्डबाट निरुशा खत्री छनोट भएको आयोजकले जानकारी दिएका छन्।

प्रतियोगिताको फाइनलमा मिस नेपाल २००५ सुगरिका केसी, गायिका नलिना चित्रकार निर्णायक रहेका छन्। ड्रिम्स नेपाल र हिडन टे«जर बीचको सम्झौताअनुसार मिस युरोप नेपालको उपाधि विजेताले नेपालमा आयोजना हुने मिस नेपालको फाइनल राउन्डमा सोझै प्रवेश पाउने छिन्।

Leave A Comment