‘सेल्फी किङ’ कि ‘जोकर’ ?

बुधबार, ०८ माघ २०७६, १२ : २५ शुक्रवार
‘सेल्फी किङ’ कि ‘जोकर’ ?

फरक–फरक भूमिकामा देखिदै आएका अभिनेता विपिन कार्कीको पछिल्लो फिल्म ‘सेल्फी किङ’ले त उनको सिर्जनशीलताको सबै हद पार गरिदिएको छ। हुन त हलिउडको फिल्म ‘जोकर’बाट प्रभावित चरित्र भनिए पनि र हेर्दा त्यस्तो देखिए पनि युट्युबमा रिलिज गरिएको ट्रेलरले बेग्लै कथा बोकेको प्रस्ट भइसकेको छ।

पहिले जुन कुरा सौगात मल्लबाट अपेक्षा गरिन्थ्यो, अहिले विपिनबाट त्यही कोटीको अपेक्षा गर्न थालिएको छ। त्यसैले त उनी अभिनित फिल्म फ्लप भए पनि उनले खेलेका चरित्र र पात्रलाई दर्शकले सम्झिरहन्छन्।

फिल्मलाई दर्शकले कत्तिको मन पराउलान् या नपराउलान्, त्यो त फिल्म प्रदर्शनमा आएपछि नै थाहा होला तर उनलाई यो चरित्र भने मज्जाले सुहाएको देखिन्छ। फिल्म चल्यो भने त ठीकै छ, चलेन भने पनि विपिनलाई फाइदै छ, उनको चरित्रलाई दर्शकले ‘हरि’लाई जस्तै बिर्सने छैनन्।

Leave A Comment