मिरुना भिजिट नेपाल

बुधबार, ०८ माघ २०७६, १२ : ५८ शुक्रवार
मिरुना भिजिट नेपाल

सम्भावना बोकेकी अभिनेत्रीका रुपमा मिरुना मगरलाई पनि लिइन्थ्यो। उनको शुरुवात पनि धाँसु नभएको होइन। शुरुमै ‘लालपूर्जा’मा सौगात मल्लको साथ पाएकी थिइन्। त्यसपछि प्रदीप खड्कासँग ‘रोज’ गरिन्। यी दुवै फिल्मले उनको अभिनय सोखलाई उद्धार गर्न सकेन।

त्यसपछि ‘साइनो’ फिल्ममा देखा परिन्, त्यसले कुनै दर्शकसँग साइनो जोड्न भूमिका खेल्न सकेन। यस्तो अवस्थामा उनको एक मात्र अपेक्षा उनको पछिल्लो फिल्म ‘चचहुइँ’ थियो। उनको अपोजिटमा थिए, एक समयका चकलेटी आर्यन सिग्देल।

मंसिरमा रिलिज हुनेबित्तिकै यो फिल्म पनि फ्लप भयो। त्यसपछि मिरुनाको देखाउन लायक केही काम यतिबेला छैन। धन्न, यही बेला भिजिट नेपाल २०२० शुरु भएको छ। यतिबेला उनी विभिन्न सामाजिक सञ्जालमा तिनै भिजिट नेपालले सेयर गरेका तस्बिरलाई पुनः सेयर गर्दै बसिरहेकी छन्। खैर, उनले केही काम नपाउँदा देशका लागि त काम गरिरहेकी छन् !

Leave A Comment