‘राजा साहेब’ खोई ?

बुधबार, ०८ माघ २०७६, ०१ : ०४ शुक्रवार
‘राजा साहेब’ खोई ?

एक समयका चकलेटी नायक रमित ढुंगाना लामो समयदेखि गुमनाम जीवन बिताइरहेका छन्। उनले आफ्नो गुमनामी तोड्न ‘राजा साहेब’ बनाउने भन्दै हल्ला गर्दै हिँडिरहेका थिए। मान्छेले स्वयं ‘राजा साहेब’ नै बिर्सिसके तर पनि हिजोआज कहीँकतै यही फिल्मको चर्चा उनले चलाइरहेका हुन्छन्।

बजारभरि यत्रतत्रसर्वत्र हिरोइनहरु छन् तर उनले कोही देखिरहेका छैनन्। त्यसैले त उनी दुई चार जना भेला भयो कि हिरोइन नै पाइएन भन्ने गुनासो गरिरहेको भेटिन्छन्। पुराना हिरोइनले नपत्याएपछि नयाँ हिरोइनको खोजीमा लागेको हल्ला पनि नचलेको भने होइन किनभने उनले बनाएको ‘बुद्ध बर्न इन नेपाल’को हालत सबैले थाहा पाएकै हो।

फिल्म घोषणा भएकै पाँच महिना बढी र सोही घोषणा कार्यक्रममा १८ लाख पारिश्रमिक लिएको दाबी गरेका ‘राजा साहेब’ ढुंगानाले सोनिका केसी र आइशा राई हिरोइन हुने बताइरहेका थिए। फिल्मको सुटिङ तयारीका क्रममा रहँदै एक निर्माताले हात झिकेपछि उनको अवस्था अहिले चियामा डुबेको झिँगाको अवस्था भएको छ।
खैर, हामीले त उनलाई शुभकामना दिने हो ! चाँडै फिल्म फ्लोरमा जाओस्।

Leave A Comment