फिल्मको मुहूर्त गर्दासमेत आफू फिल्म खेल्ने कि नखेल्ने भन्ने टुङ्गोमा थिइनन्, स्वस्तिमा खड्का। उनको कन्फ्युजन र दोधार यति लम्बियो कि फिल्मको छायाँकन नै सकिइसक्यो।
सेक्स साइकोलोजीमाथि बनेको फिल्म ‘चपली हाइट ३’को कथा भल्गर देखेकाले उनी फिल्ममा देखिने कि नदेखिने भनी दोधारमा परेकी रहिछन्। त्यसो त उनी मात्र होइन, अधिकांश अभिनेत्रीलाई फिल्मको नामैले तर्साउँछ।
फिल्मको नामले नै उनी पनि तर्सिएकी रहिछन्। अन्ततः उनले फिल्म खेलेको प्रमाणित त भयो नै तर फिल्मका बारेमा अझै उनी खुलेर कुरा गरेको पाइँदैन। यस विषयमा केहीले उनको आलोचना थालिसकेका छन्, नाकै खुम्च्याउने र दोधारे कुरा गर्नेले फिल्म चाहिँ किन गरेको त ?
तर के थाहा ? उनको भूमिका नै यसमा पनि दोधारे नै छ कि ? उनी चरित्रमा यत्ति बढी डुबिन् कि उनी फिल्ममा छिन् कि छैनन् भन्ने नै थाहा नभएको पनि त हुनसक्छ ! अब चरित्रमा नै यत्ति बढी डुब्ने भइसकेपछि कसको के लाग्छ ?
Leave A Comment