नाजिरको भिडियो मोह

बुधबार, ०८ माघ २०७६, ०१ : १५ शुक्रवार
नाजिरको भिडियो मोह

फिल्म उद्योगमा एक समय सय बढी फिल्म बन्थे। यस्तोमा प्रतिभा हुने/नहुने सबै बिजी थिए। अहिले भने फिल्मको आकार पनि घट्न थाल्यो, लगानी र अरु कुरा पनि घट्नु स्वाभाविक भइहाल्यो। यस्तोमा नाजिर हुसेनजस्ता प्रतिभाको के काम ?

तर पख्नुस्, उनी फुर्सदिला चाहिँ छैनन्। उनी म्युजिक भिडियोमा भए पनि व्यस्त रहन थालेका छन्। आखिर फिल्म, नाटक वा भिडियो नै किन नहोस्, अभिनय भनेको अभिनय हो ! आफ्नो अभिनय पोख्न जहाँ सजिलो हुन्छ, त्यही पोख्नुपर्छ।

त्यसैले त पछिल्लो समय उनको ‘माया बिरानी’, ‘प्रेम गर्ने जन्तर’ लगायतका गीतिभिडियो यतिबेला बजारमा हिट छन्। बजारमा टिक्नुप-यो, टिक्न पैसा हुनुप-यो र त्यो पैसा भिडियोले दिएपछि त त्यसैमा मन रमाइहाल्छ नि !

Leave A Comment