प्रियंकाको विकल्प

बुधबार, ०८ माघ २०७६, ०१ : २८ शुक्रवार
प्रियंकाको विकल्प

जसले जे सुकै भनोस्, यो उद्योगमा प्रियंका जत्तिको बाठी अभिनेत्री शायदै कोही होला ! जसै फिल्म निर्माण पातलिन थाल्यो र उनलाई आउने अफर पनि घट्न थाल्यो, उनले विकल्प अनेक खोज्न थालिहालिन्। अरु हिरोइनजस्तो निर्माताकहाँ धाउनुभन्दा आफैँ निर्माता बन्ने वा सक्रिय रहने बाटो खोजिहालिन्।

त्यसको उदाहरण युट्युबमा चलेको वेबसिरिजलाई नै लिन सक्नुहुन्छ। ‘जस्ट एनोदर लभ स्टोरी’मार्फत उनले आफ्नो निर्देशकीय क्षमता मात्र देखाइनन्, क्लिष्ट प्रेमकथालाई कसरी सरल तरिकाले पस्किने भन्ने पनि बताइन्।

अब आउँदो वर्ष २०७७ को असारतिर यसको दोस्रो सिजन छायाँकन गर्ने तयारी यतिबेलादेखि नै गरिँदैछ।
उनको इन्स्टाग्राम हेर्नुभयो भने चाउचाउको विज्ञापन पनि देखिन्छ। त्यसमाथि अहिले उनको छोटो फिल्म ‘ब्ल्याक कफी’ आइफ्लिक्समा मज्जैले चलिरहेको छ।
कसैले त उनबाट सिकोस्, प्रतिभाले विकल्पलाई कसरी सधैँ लिएर हिँड्छ !

Leave A Comment