यता पनि दीपक, उता पनि दीपक

बुधबार, ०८ माघ २०७६, ०१ : ३३ शुक्रवार
यता पनि दीपक, उता पनि दीपक

दीपकराज गिरी अहिलेका चल्तीका फिल्म निर्माता हुन्। उनले बनाएका फिल्मले अहिलेसम्म बजार तताइरहेका छन्, पैसा बटुलिरहेका छन्। उनको हाइहाइ कतिसम्म हाई छ भने स्वयं सञ्चारमन्त्री गोकुल बास्कोटाले समेत उनकै नाम लिएर अरुलाई व्यंग्य कस्न भ्याए।

नेपालका सिनेमा हल सञ्चालकहरुको समूह नेपाल चलचित्र संघको अधिवेशनमा शुभकामना दिन आइपुगेका मन्त्रीले भनेछन्, ‘फिल्मको नाम छबाट राखेकाले भाग्य चम्केको रे, उहाँको भाग्य रे भन्ने कुरा सुनियो। यस्ता वाइयात कुरा गरेर नि हुन्छ ? नामले फिल्म चलाउने कि सिर्जनाले ? त्यसैले तपाईंहरु पनि राम्रो सिर्जना बनाउनुस्, फिल्म चल्छ। नामको पछाडि नदौडनुस् !’

छन् गेडी सबै मेरी भन्या यही होला। अहिले फिल्म चलिरहेका बेला यता नि दीपक, उता नि दीपक भइरहेका छन्। जुन दिन ‘छ’को जादू चल्न छाड्छ, त्यसपछि तिनै सञ्चार मन्त्रीले भन्लान्, कन्टेन्ट भएर मात्र चल्छ ? नाम मिलाउनु पर्दैन ? सधैँ ‘छ’को पछाडि दौडिनी ? दर्शकलाई हेप्नी ?
समय–समयको कुरा हो ! होइन त ?

Leave A Comment