नेपाल आइडल : पाँच जना आउट

शुक्रबार, १० माघ २०७६, १० : ३५ शुक्रवार
नेपाल आइडल : पाँच जना आउट

नेपाल आइडलको सिजन ३ क्याम्प फोरमा यतिबेला गलाकाट प्रतिस्पर्धा चलिरहेको छ। मेघा श्रेष्ठको ‘मलाई अँगाली देऊ’ यति दमदार थियो कि जज इन्दिराले उनलाई गोल्डेन माइक नै दिइन्।

किरण भुजेलले ‘जाउँला माया साथैमा’ गाउँदा जज न्ह्युले गीतको शब्दशब्दको भाव बुझेको बताएका थिए। ममता गुरुङले ‘केहि पाउन केही गुमाउनु छ’ गाएर जजहरुलाई मख्ख पारिन्।

सबैको भाग्यमा प्रशंसा कहाँ लेखेको हुन्छ र ? रामेछापका रञ्जित नेपालीले ‘सानो छ गाउँ’ गाउँदा जजहरुले स्वर फिट नभएको प्रतिक्रिया दिएका थिए।

त्यस्तै मुस्कान रानाभाटले ‘तिम्रो लागि सारा संसार’ गाउँदा गायकी भन्दा सौन्दर्यको प्रशंसा पाइन्। शुरुमा बिगारे पनि पछि ट्र्याकमा आइन्।

पोखराकी दृष्टिविहीन सरिता अधिकारीले ‘बहारसँगै उड्यो मन’ गाउँदा उनको आवाजको प्रशंसा मात्र गरेनन्, जज इन्दिराले त गाउँदा अन्तरामा ख्याल गर्न आग्रहसमेत गरिन्।

पोखराका केविन ग्याल्न तामाङले ‘दिन’ बोलको पप गीत गाएका थिए। अघिल्लो एपिसोडमा आशिफले झुक्याएर हैरान बनाएका उनलाई जजहरुले राम्रै प्रतिक्रिया दिए।

सिजन २ मा पनि आफ्नो प्रतिभाको परीक्षा दिएकी इलामकी समीक्षा दाहालले यस पटक ‘मलाई आवाज देऊ’ बोलको गीत गाए पनि उति राम्रो प्रतिक्रिया पाइनन्। दोस्रो सिजनमा टप १६ सम्म पुगेकी समीक्षाले सुरुमा बिगारे पनि पछि सम्हालेकी थिइन्।

यस्तै हेटौँडाकी स्वस्तिका ढकालले मारुनी गीत गाइन्। उनी पनि पहिलो सिजनबाट आउट भएकी प्रतिस्पर्धी भए पनि यस पटक उनको गायकी केही सुधारिएको थियो।

त्यस्तै जलजला परियारले ‘एउटा परदेशी आई’ गाइन्। सबै जजले उनको प्रयासलाई सराहना गरे पनि जज न्ह्युले ‘गीत गाउन भन्दा कपाल बनाउन मिहिनेत गरेको’ भन्दै ठट्टा गरेका थिए।

रविन दनुवारले ‘जुन दिन तिमीलाई’ बोलको गति गाए। उनको गायकीमा कन्फ्युजन देखेर जजहरु पनि दंग परेका थिए।

त्यस्तै कमल विष्टले ‘ओराली लागेको’ गाउँदा बीचबीचमा नोट नलगाएकामा जजहरु टिप्पणी गरे पनि समग्रमा उनको प्रशंसा नै भयो।

विदेश जाने तयारीमा रहेकी सज्जा चौलागाईं विदेश रोज्ने कि नेपाल आइडल छनोट गर्दा आइडललाई नै छनोट गरेकी थिइन्। उनले ‘जुनी–जुनी भरिलाई’ गाउँदा जजहरुले हौसला दिएका थिए।

यस राउन्डबाट कमल विष्ट, रञ्जित नेपाली, जलजला परियार, सरिता अधिकारी र समीक्षा दाहाल गरी पाँच जना आउट भए।

गीत बिगारे कमलले
कैलालीका कमल सोभले ‘सम्झने मुटु’ गाए। उनले हाइबिटमा राम्रो गाए तर लोमा अलिक ध्यान दिन सकेनन्। जज न्ह्युले कमलको बेसुरा गायनको आलोचना गर्दै खुलेर गाउन आग्रह गरे।

रचना चटपटेवालीको डर
झापाकी रचना रिमालको आवाज मिठो भए पनि गीत गाउदा डर हराउन सकेको छैन। जजहरुले रचनालाई डर हटाउन केही नयाँ चिज सुनाऊ भनेर सामान्य बनाउने प्रयास गरे। उनले शुरुमा ‘हेर मलाई’ गाएर सुनाइन्। त्यसपछि प्रतिस्पर्धाका लागि ‘फूलको थुँगा बहेर गयो गंगाको पानीमा’ गाइन्। साडी चोलोमा सजिएर स्टेजमा आएकी रचनालाई जज इन्दिराले साडीको प्रशंसा गरिन्। जज न्ह्युले अग्र्यानिक स्वर भएकी भनी प्रशंसा गरे।

माम्पीलाई उडाए आसिफले
नेपाल आइडल सिजन ३ को होस्ट बन्न अमेरिकादेखि आएकी माम्पीलाई कार्यक्रमको होस्ट बन्न भर्खरै विवाह गरेका श्रीमान् नै छोडेर नेपाल आएको भन्दै स्टेजमा उडाए। कसैले पनि थाहा नपाएको कुरा आसिफले खोलेपछि माम्पीले कुरा सुधार्नतर्फ लागिन्।

Leave A Comment