सेल्फी किङको ‘जिन्दगी’ चल्यो !

शनिबार, ११ माघ २०७६, १२ : ४० शुक्रवार
सेल्फी किङको ‘जिन्दगी’ चल्यो !

‘सेल्फी किङ’को गीत ‘जिन्दगीको के छ र भर’ गीतले एकै दिनमा लगभग एक लाख भ्युज पाएको छ। आउँदो माघ २४ मा रिलिज हुन लागेको यस फिल्ममा विपिन कार्कीको लुकलाई रुचाइएको छ। उनैका कारण पनि फिल्मप्रति चासो बढेको छ।

गीतलाई सुरज गैरे ‘विवश’ले लेखेका छन् भने सुवास भुसालले संगीत दिएका छन्। केतन क्षेत्रीको स्वर प्याथेटिक सुनिएको छ।

विशाल सापकोटाले निर्देशन गरेको यो फिल्मलाई दिनेश राउत र सुभाष थापाले निर्माण गरेका हुन्। विपिन कार्कीले अभिनय गरेका यसअघिका फिल्महरु सबैले दर्शकमाझ चासो मात्र जगाएका छैनन्, राष्ट्रिय अवार्डसमेत पाइरहेका छन्।

अंग्रेजी फिल्म ‘जोकर’को लुकसँग मिलेकोमा केही समय विवाद भए पनि यसको कथासार नमिलेपछि सो विवाद पनि साम्य भइसकेको छ।

Leave A Comment