शिशिरको ‘म एउटा पाखे’ सार्वजनिक

शनिबार, ११ माघ २०७६, १२ : ४८ शुक्रवार
शिशिरको ‘म एउटा  पाखे’ सार्वजनिक

चर्चित गायक शिशिर योगीको स्वर रहेको गीत ‘म एउटा  पाखे’ हालै सार्वजनिक गरिएको छ। उक्त गीतमा विवि अनुरागीको संगीत रहेको छ।

योगिक समाज नेपालको राष्ट्रिय योग दिवसका सन्दर्भमा आयोजित विशेष कार्यक्रमको अवसरमा चिकित्सा शिक्षा आयोगका सदस्य सचिव डा. हरिप्रसाद लम्सालले सो गीतलाई सार्वजनिक गरेका थिए।

गीतको एरेन्ज पनि बिबी अनुरागीकै रहेको छ। गीतको अडियो रेकर्डिङ प्रिज्म रेकर्डिङमा गरिएको हो भने लेखन प¬रुषोत्तम अधिकारीको रहेको छ।

गायक योगी भन्छन्, ‘धेरै नेपालीले यस गीतमा आफ्नो जीवनको कुनै न कुनै भोगाई भेट्ने छन्।’ गीतकार पुरुषोत्तमले यो गीत लेखनीको पहिलो प्रयास भएकाले सुनेर मूल्याङ्कन गरिदिन आग्रह गरे।

Leave A Comment