बुझ्झकी दीपाश्री

बुधबार, १५ माघ २०७६, ०१ : २० शुक्रवार
बुझ्झकी दीपाश्री

२८ वर्ष लामो अभिनय यात्रामा कति गसिपको शिकार बनिन् होला निर्देशक दीपाश्री निरौला। त्यो लेखाजोखा कसैले राखेका छैनन्। गसिपै त हो ! त्यसैले कसले पो राख्ला ! यही र यस्तै गसिपकै कारण पनि उनी पर्दाबाट हराए पनि अखबारका पानामा हराउन पाइनन्।

त्यसैले त गसिप भन्नेबित्तिकै दीपाश्रीलाई दुःख लाग्दैन, उनलाई नयाँ जोश–जाँगर आउँछ। यो हामीले भनेको होइन, यो त स्वयं उनले भनेको हो।

हालै एउटा फिल्मी कार्यक्रममा उनले नयाँ अभिनेता÷अभिनेत्रीले आफूबारे गसिप छापिएपछि रोनाधोना शुरु हुनेप्रति आश्चर्य व्यक्त गरिन्।

‘हाम्रा नयाँ अभिनेता–अभिनेत्री नराम्रो गसिप आयो भनेर लडाइँ लडिहाल्छन्,’ उनको भनाइ थियो, ‘राम्रो आयो भने चुपचाप बसिदिन्छन्। गसिप भनेको के हो नै बुझ्दैनन्। मलाई त गसिप पढेर ऊर्जा आउँछ। मनै रोमाञ्चित हुन्छ।’
दीपालाई कसैले सोधेको थियो, ‘आफ्नैबारे गसिप पढ्दा तपाईंलाई कस्तो लाग्छ ?’

उनको भनाइ थियो, ‘नाम चलेकै कारण त गसिप बन्ने हो नि, होइन र ? गसिप बनेन भने त त्यसको नामै चलेको रहेनछ भनेर पो बुझ्नुपर्छ त !’
अब बल्ल बुझियो, दीपाश्री यत्तिका लामो समय मनोरञ्जन उद्योगमा कसरी टिकिन् !!

Leave A Comment