रोडिज् : लाहुरे टिमको अग्रता

शनिबार, १८ माघ २०७६, १२ : ३४ शुक्रवार
रोडिज् : लाहुरे टिमको अग्रता

हिमालय रोडिज् यतिबेला जर्नी राउन्डमा पुगेको छ। यस राउन्डमा रोडिज्ले आफ्ना प्रतिस्पर्धीहरुलाई सुन्दर शहर भक्तपुरका विभिन्न स्थानमा दौडायो।

यसमा ग्याङ लिडरहरुले आफ्ना प्रतिस्पर्धीहरुलाई विभिन्न पक्षमा प्रतिस्पर्धा गराएका थिए। लाहुरे, समन, अनुपविक्रम र दियाको टिमले पहिलो राउण्डमा काँचो मासु खाने प्रतिस्पर्धा गराएको थियो। काँचो मासुमध्ये गिदी, आँखा लगायतका भागको मासु खानुपर्ने दृश्य हेर्नेहरुका लागि घिनलाग्दो देखिएको थियो। एक त काँचो मासु, त्यसमाथि टिमले जित हासिल गर्न छिटो खानुपर्दा अझ ठिटलाग्दो देखिन्थ्यो।

त्यसपछि कुल्फी संसार भनेर लिडरसहित प्रतिस्पर्धीहरु कुल्फी किनेर भेटे जतिलाई खुवाउँदै सेल्फी खिचेको दृश्य निकै रोचक देखिएको थियो।

यसमा भने दिया मास्केको टिम तगडा देखिएको थियो। लाहुरेका टिमले कुल्फी खाने मान्छे खोज्दै हिँडेको रोचक देखिन्थ्यो। सबैभन्दा बढी कसले खुवाउने भन्ने प्रतिस्पर्धामा दियाको टिमले दश जनालाई खुवाउन सफल भयो। त्यस्तै हाँडी फुटाएर दियो बालेर पाँचतले मन्दिर चढ्ने दृश्य पनि कम रोचक थिएन। यस एपिसोडमा लाहुरेको टिमले अग्रता लिएको छ।

दियाले आफैँ खुवाइन्
दिया मास्के आफ्नो टोलीलाई जिताउन निकै खटेकी थिइन्। उनी आफैँ खाने कुरा आफैँ खुवाउन तम्सिरहेकी थिइन्। अरुले छिटो खा भनिरहेको अवस्थामा उनी आफैँ हातले गाजी मोहम्मदलाई खुवाएकी थिइन्। यो दृश्य निकै रोचक देखिएको थियो। तर समग्रमा भने लाहुरेको टिम अर्थात् ग्रीनका सागर शाहीले जित हासिल गरेका थिए।

Leave A Comment