स्वप्न स्खलनका कारण

मङ्गलबार, २१ माघ २०७६, ०१ : ४१ डा. दिनेश बाँस्ताेला
स्वप्न स्खलनका कारण

निद्राको समयममा स्वप्न स्खलन हुनु स्वाभाविक प्रक्रिया भए पनि बारम्बार हुनु भने अस्वाभाविक हो। राति मात्रै हैन, दिउँसोको समयमा सुत्दा पनि यौनजन्य क्रियाकलापको मस्तिष्क सोचाइका कारण स्वप्न स्खलन हुन्छ।

अध्ययन अनुसार ८३ प्रतिशत पुरुषको आफ्नो जीवनकालमा स्वप्न स्खलन हुन्छ। बाँकी १७ प्रतिशत पुरुषमा जीवनभर स्खलन नहुन सक्छ। महिलाको हकमा पनि यो विषय लागू हुन्छ।

रात्रिजन्य कामोत्तेजना तथा निर्गमन रोक्ने ठोस उपाय नभए पनि केही टेक्निक अपनाएको खण्डमा स्वप्न स्खलन रोक्न सकिन्छ। यसरी अस्वाभाविकरुपमा स्वप्न स्खलन बढेको अवस्थामा यौनजन्य क्रियाकलाप कम गर्न जरुरत हुन्छ। आफैं वा यौन जोडीसँग यौन क्रियाकलाप गर्दा उत्तेजना बढी स्वप्न स्खलन हुनसक्छ। तर यौन सम्पर्क गरेको खण्डमा भने स्वप्न स्खलन कम हुन्छ।

यौनांगमा हात नलगौं
हस्तमैथुन गर्नाले पनि स्वप्न स्खलन कम गर्न सकिन्छ। अधिकांश किशोर–किशोरीमा मस्त र अर्ध निद्रामा आफ्नो हातले यौनाङ्गमा चलाउँदा कामोत्तेजनाको चरमोत्कर्षमा पुगी स्वप्न स्खलन हुन्छ। आफ्नो हात मात्रै हैन,यौन जोडीको हातले यौनाङ्गमा चलाउँदा पनि स्वप्नस्खलन हुन्छ। यसरी पुरुषको लिंग र महिलाको योनि मस्त निद्रामा पनि उत्तेजित भई स्वप्न स्खलन हुन सक्छ।

त्यसैले स्वप्न स्खलनबाट बच्नका लागि राति वा दिउँसो सुत्दा नै किन नहोस् यौन जोडीको तथा आफ्नो हात यौनाङ्गमा स्पर्श गरेर सुत्नु हुन्न। यौन जोडीसमेत एकै ठाउँ सुतेर एक अर्काको हातले यौनाङ्गमा स्पर्श गर्दा स्खलन हुन सक्ने भएकाले विपरिततर्फ फर्केर सुतेको अवस्थामा स्वप्न स्खलन कम हुन सक्छ। त्यसैले स्वप्न स्खलन कम गर्न नियमित तथा सन्तुलितरुपमा यौन सम्पर्क गर्नु उचित हुन्छ। हुन त निद्राको समयमा स्वप्न स्खलन हुनु सामान्य र स्वस्थकर अभ्यास हो।

लज्जित नहोऔं
यसरी स्वप्न स्खलन भएको अवस्थामा आफूले लगाएका कपडा, ओडेका तथा ओछ्याएका कपडा भिज्छन्। जसले व्यक्तिलई लज्जित बनाउन सक्छ। तर स्वप्न स्खलनका कारणले कपडा भिजेको अवस्थामा धुन तथा साफसफाइ गर्न समस्याका रुपमा लिनु हुन्न।

रात्रिजन्य कामोत्तेजनाका कारण पुरुषको वीर्य र महिलाको योनिबाट तरल पदार्थको  निर्गमन (निस्काषन) हुन्छ। महिलाको योनि चुमुकचुमुक भई स्खलन हुन्छ। प्रायः पुरुषमा मध्येरातमा स्खलित वीर्य लुगा–कपडामा च्यापच्यापति लागेर उठेर सफा गर्नुपर्ने अवस्था उत्पन्न हुनसक्छ।

स्वप्न स्खलनले पुरुष तथा महिलालाई सक्षमताको आभाष पनि मिल्छ। अर्कोतर्फ यसले यौन इच्छाको जागृत पनि गराउँछ। कतिपय व्यक्तिलाई त स्वप्न स्खलनले दुः ख पनि दिन सक्छ।

आत्तिनु पर्दैन
स्वप्न स्खलनको समस्या भएको अवस्थामा उदासीन औषधिले स्वप्न स्खलन घटाउन सकिन्छ। चिकित्सकको परामर्शमा उदासिनताबाट मुक्त हुने औषधिको सेवन गर्नाले समस्याका रुपमा विकास भएको स्वप्न स्खलन कम गर्न सकिन्छ। यस्तो औषधिको प्रयोगले दैनिक यौनाभ्यास पनि कम गर्न सकिन्छ।

रात्रिकालीन कामोत्तेजना र रात्रिकालीन यौनजन्य निर्गमन (निस्काषन) मा फरक देखिन्छ। कामोत्तेजनाको अन्तिम परिणाम भनेकै पुरुषको वीर्य र महिलाको योनिजन्य तरल पदार्थ (झोल) को निस्काषन नै हो। यसरी निष्काषन हुनु भनेको स्खलन हुनु हो।

स्खलन हुनुपूर्व पुरुषमा यौन उत्तेजना आउँछ। त्यसपछि चरमोत्कर्षमा पुगी स्वप्न स्खलन हुन्छ। महिलामा भने रात्रिजन्य कामोत्तेजना हुँदैमा निर्गमन (निस्काषन) तथा स्वप्न स्खलन नहुन सक्छ। त्यो कुनै गलत हैन। स्वप्न स्खलन नहुँदैमा, त्यस्तो व्यक्ति असामान्य हुन्न।

स्खलनमा उमेरको खेल
सामान्यतः दस वर्षको उमेरमा बालिका शारीरिक, मानसिक र सामाजिकरुपमा किशोरावस्थामा प्रवेश गर्छिन्। किशोरावस्थामा प्रवेश गरेसँगै यौनजन्य परिपक्वता हुन्छ।

पुरुषको हकमा किशोरावस्थामा प्रवेश गरेसँगै वयस्क शुक्रकिट उत्पादन गर्न सुरु गर्छन्। त्यसैगरी वीर्य स्खलन गर्नका लागि सक्षम हुन्छन्। किशोरावस्थामा प्रवेश गरेसँगै पुरुषहरु हस्तमैथुन गर्नुपूर्व नै  स्वप्नस्खलनको अनुभव लिएका हुन्छन्। किशोरावस्थामा प्रवेश गरेसँगै पुरुषले आफ्नो यौनाङ्ग (लिंग) चलाएर यौन उत्तेजनामा आउँछन्। यस्तो अवस्थामा यौनजन्य सपनाहरु देखिन्छ। आफ्नो यौन जोडीको कल्पना गरिन्छ। यौन जोडीको कल्पनामा डुबेर पुरुषले वीर्य स्खलन गरी आफूलाई गौरवान्वित ठान्छन्।

स्वप्न स्खलनमा पुरुषको वीर्यमा शुक्रकिट निस्काषन हुन्छन्, भने महिलाको योनिको तरल पदार्थ (झोल) को निष्कासनमा डिम्बाशय बाट डिम्ब ननिस्किन सक्छन्। तर रजश्वला भएको ठिक चौध दिनमा स्खलन भएको खण्डमा डिम्बाशयबाट  डिम्ब निस्कने सम्भावना हुन्न। त्यो डिम्ब मृत अवस्थामा रजश्वला भएको अवस्थामा अन्य मरेका कोषहरु र रगतसँगै पाठेघर, सर्भिक्स हुँदै योनिबाट बाहिर निस्कन्छ।
प्रस्तुतिः उपेन्द्र खड्का

Leave A Comment