छुल्ठिमको भ्यालेन्टाइन चिन्ता

बुधबार, २२ माघ २०७६, १२ : १५ शुक्रवार
छुल्ठिमको भ्यालेन्टाइन चिन्ता

भ्यालेन्टाइन्स डे आउन निकै समय बाँकी छ तर अभिनेत्री छुल्ठिम गुरुङलाई भने प्रेम दिवस अहिले नै आइसक्योजस्तै भएको छ। नपत्याए उनको हालै सार्वजनिक तस्बिरलाई हेर्नुस् न ! सामाजिक सञ्जालमा आफ्नो हँसिलो मुहार सार्वजनिक गर्दै लेखेकी छन्, ‘भ्यालेन्टाइन्स डे आउँदैछ ! अब ऊ बसमा आउँछ कि प्लेनमा ! कहाँबाट आउला, तपाईंलाई थाहा छ ?’

उनको यो चञ्चल प्रश्न गराईलाई उनका फ्यानहरुले प्रेमपूर्ण रियाक्ट गरेका छन्। तर हाँसो उठ्दो कुरा चाहिँ माघको आधाउधि नआउँदा उनलाई भ्यालेन्टाइनको चिन्ता छ।

केही दिनअघि मात्रै कोक्रोमा बसेको तस्बिर सार्वजनिक गर्दै लेखेकी थिइन्, ‘मलाई कफी दुई बेला खुबै चाहिन्छ। एउटा, बिहान उठ्नेबित्तिकै अर्को तिमीसँग।’

उनको यस किसिमको पोस्टले कतै उनको भ्यालेन्टाइन पहिल्यै तय भइसकेको हो कि भन्ने धेरैलाई भान पर्न थालेको छ। अब त यत्तिका प्रचार गरिसकेपछि उनको भ्यालेन्टाइनलाई प्रेमदिवसअघि नै सार्वजनिक गरे भइगो त !

Leave A Comment