जसिताको अनमोल जोडी

बुधबार, २२ माघ २०७६, १२ : ३० शुक्रवार
जसिताको अनमोल जोडी

जसिता गुरुङले ‘लिलिबिली’ र ‘लभ स्टेसन’पछि कुनै फिल्ममा अभिनय गरेकी छैनन्। पछिल्लो समय निर्देशक रेनशा वान्तवा राईको ‘आई एम ट्वेन्टी वन’ साइन गरेर बसेकी थिइन्। तर यो फिल्म पनि फ्लोरमा जाने कुनै छाँट छैन।

अहिले अभिनेता अनमोल केसीसँग फिल्म खेल्ने भएकी छन्। अनमोलको आफ्नै होम प्रोडक्सनमा बन्न लागेको ‘एन्टी हिरो’मा उनी हिरोइन हुने पक्का भएको छ। पाँच महिनाअघि नै ‘एन्टी हिरो’मा उनले काम गर्ने हल्ला बजारमा छरिएको थियो तर जसिताले फिल्म खेल्ने वा नखेल्नेबारेमा आफूले फाइनल गरिनसकेको प्रतिक्रिया भुवनले फेसबुकमार्फत दिएका थिए।

अहिले आएर जसिता नै फिल्म ‘एन्टी हिरो’मा खेल्ने पक्का भएको सम्झौतापत्र सञ्जालमार्फत बाहिरिएको छ। यससँगै अभिनेता प्रदीप खड्कासँग उनको सम्बन्ध पनि बिग्रिएको चर्चा चल्दैछ।

Leave A Comment