वर्षाको कमब्याक

बुधबार, २२ माघ २०७६, १२ : ३५ शुक्रवार
वर्षाको कमब्याक

फिल्ममा भन्दा म्युजिक भिडियोमा बढी देखिदै आएकी अभिनेत्री वर्षा राउत फिल्मविहीन जस्तै बनेको लामै समय भइसक्यो। उनले विवाहपछि ‘जात्रै जात्रा’ र ‘गोपी’मा अभिनय गरेकी थिइन्। उनको कामको सराहना गरिएको भए पनि ती फिल्मपश्चात् उनलाई अन्य कुनै फिल्मको अफर आएको सुनिएको छैन। बरु त्यसको भर्पाई म्युजिक भिडियोबाट भने गरिरहेकी छन्।

यतिबेला उनी पुनः नयाँ फिल्मका लागि अनुबन्धित भएकी छन्। ‘के घर के डेरा’मार्फत निर्देशक सुव्रतराज आचार्यले उनलाई पुनः सिल्भर स्क्रिनमा ल्याउने भएका हुन्।

राउतसँगै दयाहाङ राई र विपिन कार्की पनि हुनेछन्। ‘अधकट्टी’, ‘सुश्री सम्पत्ति’ पछि निर्देशक आचार्यको ‘के घर के डेरा’ तेस्रो फिल्म हुनेछ। अब नामै ‘के घर के डेरा’ छ, कतै फिल्मको हालत पनि के हल के युट्युबमा मात्र सीमित नभई दर्शकको मनभित्र होस् भन्ने कामना गर्छौं हामी त !

Leave A Comment