प्रदीपलाई सधैँ चिन्ता र डर

बुधबार, २२ माघ २०७६, १२ : ४० शुक्रवार
प्रदीपलाई सधैँ चिन्ता र डर

महँगो लगानीमा निर्माण भनिएको फिल्म ‘प्रेमगीत ३’ को हालै छायांकन सकिएको छ। ७० दिनमा फिल्मको सुटिङ प्याकअप भएको निर्माण पक्षले जानकारी दिएको  छ तर फिल्मले दर्शकको मन जितेर ७ दिन पनि टिक्छ कि टिक्दैन भन्ने अड्कलबाजी लगाउन थालिएको छ। किनभने यस फिल्मसँगै अन्य दुईवटा फिल्म पनि जुध्ने भएका छन्। चैत २८ गते रिलिज मिति तोकिएको यो फिल्मसँगै अन्य दुई चर्चित नामहरु जोडिन आउँदैछन्। एउटा छ, ‘चपली हाइट ३’ र अर्को गोपीकृष्ण मुभिजको ‘माइकल अधिकारी’ !

‘प्रेमगीत ३’ फिल्मका लागि तीन करोडभन्दा बढी खर्च भएको निर्माता तथा निर्देशक सन्तोष सेनले बताउँदै आएका छन्। अर्को दुईवटा वटा फिल्मसँग जुध्दा अभिनेता प्रदीप खड्कालाई जति पीर कसलाई परेको होला र ?  प्रदीप अभिनित फिल्महरु ‘लिलिबिली’ र ‘लभ स्टेसन’ फ्लप भएपछि स्टारडम धरापमा पर्दै गएको छ। फ्लपको ट्याग हटाउन पनि यो फिल्म हिट हुन जरुरी छ। त्यसका लागि उनले कुनै कसर छाडेका छैनन्। चाहे जिममा ज्यान बनाउने कुरा होस् या अभिनयमा निखार ल्याउन गरिएका अनेक काम !
खैर, हामीले त शुभकामना दिने हो क्यार ! आगे दर्शकको मर्जी !!

Leave A Comment