साइडमै ठीक सलोन

बुधबार, २२ माघ २०७६, १२ : ४९ शुक्रवार
साइडमै ठीक सलोन

फिल्म ‘ए मेरो हजुर’को सिरिजमा उनी मुख्य हिरोमा कहिल्यै परेनन्। उनलाई साइड हिरोमा खेलाएर मुख्य हिरोमा कि त नयाँ कि त स्टारलाई नै हिरो बनाउने गरेकी छन्, निर्देशन झरना थापाले। जति पनि फिल्ममा लिड रोलमा आएका अभिनेता छन्, तिनलाई सहारा दिँदै आएका सलोनलाई  लिड हिरोको रुपमा कोही लिन तयार छैनन्।

उनी ‘ए मेरो हजुर’ सिरिजमा भने निरन्तर देखिदै आएका छन्। लिडमा भन्दा साइडमा नै उनले तारिफ पाइरहेका छन्। त्यही भएर होला, ‘ए मेरो हजुर ४’मा उनको अभिनय निरन्तर हुने पक्का भएको छ। फिल्ममा अनमोल र सुहाना थापाले पर्दामा रोमान्स गर्नेछन्।

‘होस्टेल’, ‘सुश्री सम्पत्ति’, ‘आधा पेज’, ‘बाबु कान्छा’मा हिरो बनेर देखापरेका सलोनलाई दर्शकले साइड हिरोकै रुपमा रुचाएपछि उनको पनि के लाग्छ र !

Leave A Comment