कमेडी च्याम्पियन: 'स्टेज मिस भइरहेकाे छ'

शुक्रबार, २४ माघ २०७६, १२ : ५३ शुक्रवार
कमेडी च्याम्पियन: 'स्टेज मिस भइरहेकाे छ'

कान्तिपुर टेलिभिजनबाट प्रसारण भइरहेको कमेडी च्याम्पियन अहिले निकै लोकप्रिय बनिरहेको छ। कमेडी च्याम्यिन सातबाट सजन श्रेष्ठ आउट भएका छन्। घरासायी कथालाई जोडेर कमेडी गर्न सक्ने क्षमताका सजनसँग गरिएको कुराकानी :

कमेडी च्याम्पियनबाट बाहिरिनु भयो है । कत्तिकाे दु:ख लाग्याे?
अँह , पछिल्लो प्रस्तुती अलिक कमजोर भएका कारण आउट आए। अलिक भने जस्तो गर्न सकिएन। तर पनि केहि छैन। टप टेन भित्र परिहाल्यो।

आफ्नो कमजोर प्रस्तुती लाग्ने वितिक्कै आउट हुन्छु जस्तो लागेको थियो ?
मलाई आउट हुन्छु जस्तो  त लागेको थिएन। जित्छु नै भने भन्ने लागेको थियो। लाष्ट हप्ता चाही अलिक कमजोर भयो। त्यसमा मलाई हल्का शंका थियो। यति नै चाँडो आउट हुन्छु भन्ने चाही थिएन। टप तीन या चारसम्म अवस्य पुग्छु भन्ने थियो तर बेलैमा आउट भइयो।
अव कमेडी च्याम्पियनमा नजाँदा पनि राम्रै मेरो दर्शक छन् भन्ने लागेको थियो। अव आउट भइयो।

कमेडी च्याम्पियनबाट आउट हुदा कस्तो महसुस लागेको छ ?
कमेडी च्याम्यिनबाट आउट हुदा अवश्य पनि दुःख त लाग्छ नै। यत्रो मेहनत गरेर गरेर टप लेवलमा नै आइपुगेको मान्छे एकै पटक फ्याट्ट आउट हुदा त नराम्रो  लाग्छ नै। तर कमेडी च्याम्पियनबाट पो आउँट भएको हो त कमेडीबाट आउट भएको छैन।

कमेडीमा गएर तपाईलाई कतिको फाइदा भयो ?
मलाई त पहिला पनि फाइदा नै थियो। म कमेडी च्याम्पियनमा नजाँदा पनि ३० प्रतिशत मेरो दर्शक हुनुहुन्थ्यो जस्तो लाग्छ। युवापुस्तामा मेरो कमेडी लोकप्रिय पनि थियो। कमेडी च्याम्पियनमा गए पछि सबैले चिन्नुभयो। यसलाई पनि फाइदा कै रुपमा लिने गरेको छु। कमेडी च्याम्पियनले एक लेवलमा मलाई बुष्ट त ग-यो।

घरपरिवारबाट कतिको सपोर्ट पाइया छ ?
घर परिवारबाट त पुरै सपार्ट छ नि। नत्र कमेडी च्याम्पियनमा यतिसम्म कहाँ पुग्थेँ र घर परिवार , मेरो श्रीमतीले पनि उस्तै सहयोग गरिन। सबैले भोट दिए।

आफु आउट भएपछि तपाईले गरेका कमेडीका क्लिपस्हरु टेलिभिजनको स्क्रिनमा बजिरहेका थिए।  त्यो  देख्दा कस्तो लाग्यो ?
आउट भएकै छैन जस्तो लाग्छ। किनभने आफुले यति मेहनतका साथ काम गरियो की कुरै छैन। कथा कसरी तयार पार्ने , कुन विषय बस्तु उठाउनेमा ध्यान थियो। समय यसैमा खर्चिएको थिए। आउट भएसी आफ्नो मेहनतको फल जस्तो लाग्यो। अर्को कुरा आफुलाई रमाइलो महसुस पनि भयो। अझै स्टेजमा गएर कमेडी गर्न पाए हुन्थो जस्तो लाग्छ। 

अवको योजना के छ ?
अव त कमेडी बबाल गर्ने हो नी। एउटा कमेडी च्याम्पियन नजितेर के भयो र दर्शकको मन जितेकै छु क्या रे। अव जमेर कमेडी बनाउने हो। अहिले अरु कमेडी भन्दा स्टाण्डप कमेडी दर्शकले पनि रुचाइरहेको अवस्था छ।

Leave A Comment