नेपाल आइडल: माम्पीले मागिन् माफी

शुक्रबार, २४ माघ २०७६, १२ : ५९ शुक्रवार
नेपाल आइडल: माम्पीले मागिन् माफी

स्वस्तिका आउट
नेपाल आइडलमा सम्भावना भएकी प्रतियोगीका रुपमा चिनिए पनि टप १२ मा पुगेपछि स्वस्तिका ढकालको आइडलयात्रा सकिएको छ। यस पटक सबैभन्दा कम भोटका कारण उनी बाहिरिनु प-यो।

कार्यक्रमको पहिलो प्रस्तुतिमा मिग्मा लामा र मेगा श्रेष्ठले ‘हेरिरहन देऊ मलाई’ बोलको गीत गाउँदै जजहरुलाई गुलाबको फूल बाँडेका थिए।

लजाइन् रचना
रचना रिमाल र कमल सोबले ‘फूलपाती भाकेर’ गाएका थिए। दुवैले मीठो गाएका थिए। कमलले रचनालाई हात समाएर नचाउन खोज्दा रचना लजाएकी थिइन्। आफूलाई हात समाउन मन नभएको तर कमलले नै राम्रो हुन्छ भनेपछि अप्ठेरो मान्दामान्दै पनि समाएको भन्दै हँसाएकी थिइन्। अरुबेला निकै डराउँदै गाउने रचना यस पटक खुलेर गाएकी थिइन्।

लेडिज अगाडि हुँदा त कमलले खुब राम्रो गाउँदोरहेछ भन्दै कमललाई जिस्क्याएका थिए। अतिथि बनेर आएकी मिलन नेवार रचनाको प्रस्तुतिमा यति रमाइन् कि उनलाई अँगालो नै मारिन्। कमलको प्रस्तुति रुचाएकाले गुलाबको फूल दिएकी थिइन्।

किरणको जुँगा चर्चा
नेपाल आइडलमा अहिले किरणकुमार भुजेलको जुँगाको चर्चा छ। अघिल्लो साता इन्दिरालाई उनले गुलाब दिएपछि चर्चामा आएका उनी यस पटक जुँगा चर्चाको जोरजाम गरिदियो। किरण र स्वस्तिकाले ‘कहिले काली मन प-यो मलाई’ गाएका थिए। प्रस्तुतिलाई जज र अतिथिले रुचाएका थिए।

त्यस्तै सज्जा र प्रवीणले ‘काले दाइ काले दाइ’ गाएका थिए। उनीहरुको प्रस्तुतिबाट प्रभावित भएपछि सबै जजहरु छक्क पर्दै रमाइलो गर्न र नाच्न स्टेजमा नै पुगेका थिए।

माम्पीले मागिन् माफी
जब स्टेजमा होस्ट माम्पीले अर्का होस्ट आसिफको दाह्री छोइन्, त्यसको बदला लिन आसिफले दाह्री ग्याङ नै बोलाए। उनले दाह्री नछुन आग्रह गर्दागर्दै पनि दाह्री छोएको भन्दै आसिफले दाह्री ग्याङका केटाहरु बोलाएका थिए। माम्पीले पनि रमाइलोका लागि माफी मागेर सबैलाई थुम्थुम्याइन्।

Leave A Comment