भारतमा प्रभु बैंकको वित्तीय साक्षरता

मङ्गलबार, २८ माघ २०७६, ०१ : १५ शुक्रवार
भारतमा प्रभु बैंकको वित्तीय साक्षरता

प्रभु बैंक, युके एड डिएफआइडी अन्तर्गत सञ्चालित सामाजिक क्षेत्रमा कार्यरत संस्था सक्षम, एक्सेस एडभाइजरी र प्रभु मनी ट्रान्सफरको आयोजनामा वित्तीय साक्षरता एवं अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ। भारतीय सहर मुम्बईमा विभिन्न पेसा र व्यवसायमा संलग्न रहेका प्रवासी नेपाली लक्षित दुईदिने वित्तीय साक्षरता एवं अन्तक्र्रिया कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ।

उक्त कार्यक्रममा दुई सयजना प्रवासी नेपालीले सहभागिता जनाएको बैंकले जनाएको छ। कार्यक्रमका सहभागीलाई आर्जन गरेको रकम औपचारिक एवं बैंकिङ प्रणालीमार्पmत नेपालमा रहेका आफन्तजनलाई पठाउने लगायत वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा जानकारी गराइएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Leave A Comment