घरजग्गा मेला हुने

मङ्गलबार, २८ माघ २०७६, ०१ : २० शुक्रवार
घरजग्गा मेला हुने

काठमाडौं – नेपाल जग्गा तथा आवास विकाससंघले घरजग्गा मेला गर्ने भएको छ। राजधानीमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो। आउँदोवैशाख ४ देखि ७ गतेसम्म ‘आठौं घरजग्गा मेला’ गर्न लागिएको हो। भृकुटीमण्डपमा आयोजना हुनेउक्त मेलामा प्रदर्शक, विज्ञापनदाता, दर्शक तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहने आयोजको दाबी छ। संघले हरेक वर्ष मेला आयोजना गर्दै आएको जनाउँदै यसपटकको मेलामा एक लाखभन्दा बढी दर्शकले आउने अपेक्षा गरेको जानकारी दिएको छ।

संघका अध्यक्ष मिनमान श्रेष्ठले रियल स्टेट व्यवसायले मुलुकको कुल ग्राहस्थ उत्पादनमा १२ प्रतिशत योगदान दिएको बताए। उनले रियल स्टेट व्यवसायीले घरजग्गा व्यवसायको तीन प्रतिशत मात्र हेर्दै आएको र बाँकी गैरव्यवसायीमार्फत काम हुँदै आएको बताए। ‘हामीले हाउजिङ र कोलोनीमा लाग्ने कामदार र कर्मचारीको हिसाब गर्दा पनि कम्तीमा दुई लाख ४० हजारलाई रोजगारी दिएका छौं,’ उनले भने, ‘हाम्रो योगदानलाई सकारात्मक रुपमा मूल्यांकन गर्दै सरकारले काम गर्ने वातावरण बनाउन सहयोग गर्नुपर्छ।’

मेलाका संयोजक विदुर धमलाले माइस इन्टरनेसनल सर्भिस प्रालि तथा सिन्थेसिस एक्जिबिसन एन्ड इभेन्ट्स प्रालिको संयुक्तव्यवस्थापनमा मेला सञ्चालन हुने बताए।

मेलामा भवन तथा संयुक्त आवास र जग्गा विकाससम्बन्धी आयोजनाका उत्पादन, विद्युतीय सरसामान, फर्निचर, पाइप, सेनिटरीवेयर्स फिटिङ, पेन्ट, सेरामिक, सिसा, काठ, ढुंगा, आइरन, स्टिल, सिमेन्ट, सजावटका सामान, तथा वास्तुकला, सौर्य ऊर्जा, फोहोर व्यवस्थापन, रियल स्टेट एजेन्ट, निर्माण सामग्रीका उत्पादन, आपूर्ति तथा वितरण जस्ता व्यवसायमा संलग्न व्यवसायीले आ–आफ्ना उत्पादन प्रदर्शन गरी सोसम्बन्धी परामर्श सेवा समेत उपलब्ध गराउनेछन्।

समग्रमा मेला घरघडेरी तथा संयुक्त आवास आयोजनामा संलग्न व्यवसायी, घर तथा जग्गा खरिदकर्ता, लगानीकर्ता,उपभोक्ता, रियल स्टेट एजेन्ट तथा ब्रोकर, इन्जिनियर, आर्किटेक्चर, सहरी योजनाकार, इन्टेरियर तथा रिनोभेसन डिजाइनर्स,निर्माण सामग्री एवं उपकरण बिक्रेता तथा आपूर्तिकर्ता, प्लम्बर, इलेक्ट्रिसियन लगायत अन्य सेवाप्रदायक संस्थाका लागियो मेला एउटा साझा मञ्च बन्ने धमलाले बताए।

Leave A Comment