‘मिस लिम्बू’मा १७ छानिए

बुधबार, ०१ भदौ २०७३, ११ : १६ शुक्रवार , Kathmandu
‘मिस लिम्बू’मा १७ छानिए

‘मिस लिम्बू’को चौथो संस्करणको पूर्वाञ्चल अडिसनबाट १७ युवती छानिएका छन् । याक्थुङ युथ एसोसिएसनका आयोजनामा हुने मिस लिम्बूका लागि सेयरा आन्खेवा, अन्जिता नेम्बाङ, लक्ष्मी मेन्याङ्बो, निशा हुक्पा चोङ्बाङ, सजिता तुम्सा, सरुहाङ्मा सम्बाहाङ्फे, आशिका आङ्बुहाङ, नम्रता लाबुङ, जुनु पोमो, सलुना वनेम, भूमिका माङ्देन, शोभा फेम्बू, सुषमा चेम्जोङ, सलिना हुक्पा चोङ्बाङ, श्रेया थेगिम, बीना सामेखाम र निशी मेन्याङ्बो छानिएका हुन् ।
पूर्वाञ्चल अडिसनबाट छानिएकाहरूलाई भदौ १ गते मा हुने काठमाडौँ अडिसनबाट छानिएका युवतीहरूसँगै प्रशिक्षण गराइनेछ । असोज ५ गते काठमाडौँमा अन्तिम प्रतिस्पर्धा हुनेछ । उपाधि जित्नेले नगद ५० हजार रुपैयाँसहित विभिन्न पुरस्कार पाउने आयोजकले जनाएको छ ।

 

Leave A Comment