फ्लप फिल्मको सिक्वेल !

बुधबार, २९ माघ २०७६, १२ : २६ शुक्रवार
फ्लप फिल्मको सिक्वेल !

हालै एउटा नामै नसुनेको फिल्म ‘प्रेम संसार’ले सिनेमा हलहरुमा ५१ दिन मनाएको अर्थात् फिल्म हिट भएको अवसरमा कलाकार लगायतलाई पार्टी दिइयो। पार्टी मात्र खुवाइएन फिल्मको सिक्वेल नै घोषणा गरियो। हिट फिल्मको सिक्वेल बनाउने कुरा त सुनिएकै हो तर कसैले नाम नसुनेको, कलाकार पनि उत्ति धेरै चल्तीमा नरहेको यो फिल्मको वास्तविकता चाहिँ फ्लप नै हो तर यही फ्लप फिल्मको सिक्वेल घोषणा गरेर नयाँ कीर्तिमान बनाइएको छ।

यस फिल्मका अभिनेता प्रेम सोनीले हिट फिल्म भएको भन्दै कार्यक्रममा ‘प्रेम संसार २’ बनाउने घोषणा गरे। निर्माता समेत रहेका सोनीले  फिल्मको ५१ औं दिने सेलिब्रेसनमा हल संचालक, वितरक, फिल्ममा अभिनय गरेका कलाकार तथा सञ्चारकर्मीहरुलाई मायाको चिनो दिएका थिए। फिल्म चलेको नचलेको दर्शकले चालै नपाएको यो फिल्म गएको मंसिर १३ गतेबाट प्रदर्शनमा आएको  थियो।

Leave A Comment