फागुन १७ को लगन

बुधबार, २९ माघ २०७६, १२ : ४८ शुक्रवार
फागुन १७ को लगन

दुई पटकसम्म इन्गेजमेन्ट भएर विवाहको लगन नजुरे भनेर अब अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मानदेशराज जोशीले खप्की खाइरहनु परेन। अन्ततः उनीहरुको विवाहको साइत जुरेको छ। उनीहरुको विवाह अगामी फागुन १७ गते गर्ने मिति तय भएको छ। केही दिनअघि कुनै रक्सी कम्पनीले प्रायोजन गरिदिएको ब्याचलर पार्टीमा सहभागिता जनाएको तस्बिरहरु इन्स्टाग्राममा सार्वजनिक भएलगत्तै उनको बिहेको पक्कापक्की भएको खुलासा भएको थियो।

प्रियंकाले धेरैको अनुमानविपरीत आयुष्मानसँगै बिहे गर्ने पक्का भएको हो। खासमा यी दुईको सम्बन्ध त्यति लामो नटिक्ने अनुमान गरिरहेका थिए। कारण थियो, प्रियंकाले पहिल्यै खाएको धोका र आयुष्मान तथा पारमिता राणाबीचको सम्बन्ध।

तर ठक्करबाटै धेरै कुरा सिकिन्छ र समयसँगै परिपक्व बन्छ सम्बन्ध भनेजस्तै यी दुईको अन्ततः बिहेको मिति नै जुरिसकेछ। खैर, हाम्रो आशीर्वाद र शुभकामना छ, यो लभ बर्डको सम्बन्ध आयुभन्दा चिरायु रहोस् ! चियर्स !!

Leave A Comment