दीपकको गजेडी कुरा

बुधबार, २९ माघ २०७६, १२ : ५३ शुक्रवार
दीपकको गजेडी कुरा

अभिनेता दीपकराज गिरी उमेरमा के–के खाए, त्यो सबै हिसाबकिताब गरेर साध्य हुन्छ ? हुँदैन नि, हैन ? कहिलेकाहीँ फिल्मको स्क्रिप्ट लेख्दा गाँजा तानेर लेख्ने गरेको कुरा त उनले स्पष्ट रुपमा भनेकै छन्।

पछिल्लो समय नेपालमा गाँजा खेतीका लागि सरकारले खुला गरिदिनुपर्ने आवाज उठिरहेका बेला उनले पनि त्यस आवाजलाई साथ दिएका छन्। आफू पेशेवर गँजडी नभएको भन्दै एक मिडियामा भनेका छन्, ‘औषधिका लागि र सामान्य सेवनका लागि यसलाई कानुनी मान्यता दिए फरक पर्दैन।’

थाइल्यान्डजस्ता मुलुकले यौन बेचेर पैसा कमाइरहेका छन्, नेपालले गाँजा बेचेर पैसा कमाउँदा के फरक पर्छ र भन्ने उनको तर्क आफैँमा नराम्रो होइन। गाँजा उत्पादन गर्ने, बाहिर बेच्ने र विदेशी रकम भित्र्याउने !
त्यसो त धुँवाको एलर्जी भएका दीपकले आफू नखाए पनि कानुनी मान्यता दिलाउन लागिपरेको कुरा चाहिँ बुझिनसक्नु छ बा !

Leave A Comment