गीतकै अर्थ नजान्ने ?

बुधबार, २९ माघ २०७६, ०१ : ०० शुक्रवार
गीतकै अर्थ नजान्ने ?

गत सोमबार ‘चपली हाइट ३’को गीत रिलिजको लागि दरबारमार्गमा प्रेस मिट गरिएको थियो। कार्यक्रममा अभिनेत्री सुपुष्पा भट्ट लगायतलाई अन्यलाई पत्रकारहरुले ‘चार आनाको मसलामा’ गीतमा चार आना भनेको कति हो भनी सोधे।

उक्त प्रश्नको जवाफ नै उनले फर्काउन सकिनन्। कतिको हो कति भनेर उनी अकमक्क परिन्। उनीबाट जवाफ नआएपछि छेउैमै रहेका निर्माता अर्जुन कुमारले उनको हातबाट माइक खोसेर चारआनाको बेलिबिस्तार लगाए। चार आना भनेको पच्चिस पैसा हो भन्दै सुपुष्पालाई सिकाए।

सुपुष्पालाई ठूला प्रश्नको जवाफ आउँथ्यो होला, यस्ता झिनामसिना प्रश्नको उत्तर नआएर अनुहार नै रातोपीरो भयो।

त्यै भएर नयाँ शब्द, नयाँ कुरा थाहा पाउनेबित्तिकै त्यसको अर्थ के रहेछ भनेर चासो दिने बानी बसाल्नु सधैँ राम्रो हुन्छ क्या !

Leave A Comment