९२ औं अस्कर अवार्ड: ‘प्यारासाइट’ को कीर्तिमानी

बिहिबार, ०१ फागुन २०७६, ०१ : ०९ शुक्रवार
९२ औं अस्कर अवार्ड: ‘प्यारासाइट’ को कीर्तिमानी

विश्वको प्रतिष्ठित अस्कर अवार्डमा दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ ले उत्कृष्ट फिल्मको अवार्ड जितेको छ। आइतबार राति लस एन्जलसस्थित डल्बी थिएटरमा सम्पन्न ९२ औं अस्कर अवार्डमा ‘प्यारासाइट’ ले उत्कृष्ट फिल्मसहित चार वटा विधामा अवार्ड जितेको थियो।

उत्कृष्ट फिल्मको अवार्ड जित्ने पहिलो गैरअंग्रेजी भाषी फिल्मको कीर्तिमान कार्यम गरेको ‘प्यारासाइट’ ले उत्कृष्ट निर्देशक, पटकथा र अन्तर्राष्ट्रिय फिचर फिल्मको अवार्ड समेत जितेको थियो। त्यस्तै अन्तर्राष्ट्रिय फिल्मको अवार्ड जित्ने यो पहिलो कोरियन फिल्म बनेको छ। द एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सले यसअघि सार्वजनिक गरेको मनोनयन सूचीमा ‘प्यारासाइट’ उत्कृष्ट फिल्म, निर्देशक, पटकथा र अन्तर्राष्ट्रिय फिल्मसहित ६ विधामनत भएको थियो।

सर्वाधिक ११ विधामा मनोनयनमा परेको ‘जोकर’ फिल्मले समारोहमा उत्कृष्ट अभिनेता र ओरिजिनल स्कोरको अवार्ड जितेको थियो। यस फिल्मबाट ज्याकिन फिनिक्स उत्कृष्ट अभिनेता घोषित भएका थिए। ‘जोकर’ बाट उनले यसअघि गोल्डन ग्लोब र बाफ्टा अवार्ड जितेको थियो। त्यस्तै ‘जुडी’ फिल्मबाट रेनी जेल्वेगरले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन्।

समारोहमा ‘म्यारिज स्टोरी’ बाट लोरा डर्नले उत्कृष्ट सह–अभिनेत्री र ‘वान्स अपन अ टाइम इन हलिउड’ बाट ब्राड पिटले उत्कृष्ट सह–अभिनेताको अवार्ड प्राप्त गरे। पहिलो अस्कर अवार्ड जितेका अभिनेता ब्राड पिटले समारोहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महाभियोग प्रक्रियामा सिनेटले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई दिएको भन्दा बढी समय आफूलाई एकेडेमीले दिएको भनेर व्यंग्य गरेका थिए। ‘मलाई ४५ सेकेन्ड समय दिनु भएको छ। जुन यो हप्ता सिनेटले जोन बोल्टनलाई दिएको भन्दा बढी हो,’ उनले भनेका थिए।

निर्देशक साम मेन्डिसको पहिलो विश्वयुद्धमा आधारित ‘१९१७’ ले समारोहमा उत्कृट भिजुअल इफेक्ट्स, सिनेमेटोग्राफी र साउन्ड मिक्सिङको अवार्ड जित्न सफल भएको थियो। ‘फोर्ड भर्सेस फरारी’ ले साउन्ड सम्पादन र फिल्म सम्पादनको अवार्ड जितेको थियो। अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा तथा प्रथम महिला मिसेल ओबामाको हायर ग्राउन्ड प्रोडक्सनले निर्माण गरेको ‘अमेरिकन फ्याक्ट्री’ ले उत्कृष्ट डकुमेन्ट्री विधाको अवार्ड जितेको थियो।

सर्वोत्कृष्ट फिल्म : प्यारासाइट
सर्वोत्कृष्ट निर्देशक : बोङ जो हु, ‘प्यारासाइट’

सर्वोत्कृष्ट पटकथा : प्यारासाइट
सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिल्म : प्यारासाइट

सर्वोत्कृष्ट अभिनेता : ज्याकिन फिनिक्स, ‘जोकर’
सर्वोत्कृष्ट अभिनेत्री : रेनी जेल्वेगर, ‘जुडी’

सर्वोत्कृष्ट सह–अभिनेत्री : लोरा डर्न, ‘म्यारिज स्टोरी’ बाट
सर्वोत्कृष्ट सह–अभिनेता : ब्राड पिट, ‘वान्स अपन अ टाइम इन हलिउड’

सर्वोत्कृष्ट एनिमेटेड फिल्म : टोय स्टोरी –४
सर्वोत्कृष्ट एनिमेटेड सर्ट फिल्म : हेयर लभ

सर्वोत्कृष्ट ओरिजिनल संगः आइ एम गन लभ मी अगेन, ‘रकेटम्यान’
सर्वोत्कृष्ट ओरिजिनल स्कोरः जोकर

सर्वोत्कृष्ट मेकअप एन्ड हेयरः बम्बसेल
सर्वोत्कृष्ट भिजुअल इफेक्ट्सः १९१७

सर्वोत्कृष्ट फिल्म सम्पादनः फोर्ड भर्सेज फरारी
सर्वोत्कृष्ट ध्वनि समिश्रणः १९१७

सर्वोत्कृष्ट ध्वनि सम्पादनः फोर्ड भर्जेज फरारी
सर्वोत्कृष्ट सिनेमेटोग्राफीः १९१७

सर्वोत्कृष्ट सर्ट डकुमेन्ट्री : लर्निङ टु स्केटबोर्ड इन वारजोन (इफ यु आर ब गर्ल)
सर्वोत्कृष्ट डकुमेन्ट्री : अमेरिकन फ्याक्ट्री

सर्वोत्कृष्ट कस्ट्युम डिजाइनः लिटल वुमन
सर्वोत्कृष्ट प्रोडक्सन डिजाइनः वान्स अपन अ टाइम इन हलिउड

सर्वोत्कृष्ट लाइभ एक्सन सर्टः द नेवर्स विन्डो
सर्वोत्कृष्ट एडप्टेड स्क्रिनप्लेः जोजो र्याबिट





Leave A Comment