रजनीकान्तको पारिश्रमिक घट्यो

बिहिबार, ०१ फागुन २०७६, ०१ : १५ शुक्रवार
रजनीकान्तको पारिश्रमिक घट्यो

अभिनेता रजनीकान्तको ‘दरबार’ फिल्म बक्स–अफिस कलेक्सनमा कमजोर भएपछि उनको नयाँ फिल्म निर्माण गर्ने सन पिक्चर्सले पारिश्रमिक घटाएको छ।

तमिल फिल्म निर्माण गर्न लागेको सन पिक्चर्सले अभिनेता रजनीकान्तको पारिश्रमिक घटाएर आधामात्र दिने भएको छ। ‘दरबार’ लाई अभिनेता रजनीकान्त र फिल्ममेकर एआर मुरुगदासले संयुक्त रूपमा निर्माण गरेका थिए। दुई सय करोड भारुको बजेटमा निर्माण भएको फिल्मले ७० करोड घाटा बेहोर्नु परेको थियो। बक्स–अफिस कलेक्सनमा कमजोर भएपछि यस फिल्मका वितरकले भोक हड्ताल गर्ने घोषणा गरेका थिए। २५ वर्षपछि उनी प्रहरीको भूमिकामा यस फिल्मबाट कमब्याक गरेका थिए। फिल्ममा उनीसहित अभिनेत्री नयनतारा, सुनिल सेट्टी, प्रतिक बब्बर, निभिथा थोमस र योगी बाबु लगायत कलाकारले अभिनय गरेका थिए।

स्रोतका अनुसार सन पिक्चर्सका कलानिथी मारनले हालै अभिनेता रजनीकान्तलाई भेटेका थिए। ‘गत साता उनीहरूबीच नयाँ फिल्मलाई लिएर भेटघाट भएको थियो। दरबार फिल्म असफल भएपछि मारनले रजनीकान्तलाई पारिश्रमिक कटौती गर्नेबारे जानकारी गराएका थिए। छलफलपछि अभिनेता रजनीकान्त आफ्नो पारिश्रमिक घटाएर आधामात्र लिन राजी भएका थिए,’ स्रोतले भनेको थियो। ‘दरबार’ फिल्ममा एक सय १८ करोड भारू पारिश्रमिक लिएका अभिनेता रजनीकान्तले सन पिक्चर्सले नयाँ फिल्ममा ५८ करोड भारू पाउने भएका छन्। हाल अभिनेता रजनीकान्त निर्देशक शिवाको तमिल फिल्ममा व्यस्त छन्।

Leave A Comment