कुन रङको गुलाबको के अर्थ ?

शुक्रबार, ०२ फागुन २०७६, ११ : ३० शुक्रवार
कुन रङको गुलाबको के अर्थ ?

गुलाबलाई हामी प्रेमको प्रतीक मान्छौँ। गुलाबको फूल कयौँ रङमा पाइन्छन्। गुलाबको हरेक रङको बेग्लै अर्थ हुन्छ। तपाईंलाई यी रङका अर्थ पनि थाहा हुनुपर्छ। यदि तपाईंले आफ्नो आशक्ति वा प्रेम व्यक्त गर्दै गर्दा गलत गुलाब दिनुभयो भने अर्कै अर्थ लाग्न सक्छ। अनि त तपाईं गलत तरिकाले बुझिन सक्नुहुन्छ।

रातो गुलाबः रातो गुलाबको फूल प्रेमको प्रतीक हो। तपाईंले कसैलाई रातो गुलाब दिनुहुन्छ भने उसप्रति तपाईंको प्रेमको अभिव्यक्तिका रुपमा बुझ्नुपर्छ।

हल्का गुलाबीः तपाईं कसैलाई के म तिम्रो साथी बन्न सक्छु भन्ने प्रस्ताव राख्नका लागि हल्का गुलाबी गुलाब दिनुपर्छ। कसैको प्रशंसा गर्न र खुसी व्यक्त गर्न पनि हल्का गुलाबी रङको गुलाब दिनुपर्छ। हल्का गुलाबी रङलाई साथीत्व, प्रशंसा र खुसीको प्रतीक मानिन्छ।

गाढा गुलाबीः गाढा गुलाबीको गुलाब दिनुभयो भने तपाईंले त्यस व्यक्तिप्रति कृतज्ञता र सम्मान देखाउनु भएको हुन्छ।

कोरल गुलाबः कोरल गुलाबले इच्छा प्रदर्शनीलाई बुझाउँछ। आफ्नो रुचि बढेर गएको प्रतीक स्वरुप तपाईंले कसैलाई उपहारका रुपमा दिन सक्नुहुन्छ।

पहेँलो गुलाबः पहेँलो गुलाब साथीत्व, खुसी र अरुप्रति केयर गर्ने प्रतीकका रुपमा मानिन्छ। तपाईंले कुनै साथीलाई साँच्चिकै केयर गर्छु भन्ने सन्देश दिन चाहँदा पहेँलो गुलाब दिनुपर्छ।

बैजनी गुलाबः बैजनी रङको गुलाबको आकर्षण या पहिलो नजरमै प्रेम बसेको प्रतीकका रुपमा मानिन्छ। तपाईंले कसैलाई पहिलो पटक देख्नेबित्तिकै उसप्रति गम्भीर हुनुभयो भने बैजनी रङको गुलाब दिँदा ठ्याक्कै अर्थ बुझ्छन्।

सेतो गुलाबः सेतो गुलाब पवित्रता र निर्दोषपनाको प्रतीक हो। पूजाका लागि अधिकांश अवस्थामा यस्तै फूल चढाउने गरिन्छ।

रातो र पहेँलोः कहिलेकाहीँ आफ्ना भावनालाई एक साथ व्यक्त गर्नका लागि फूलहरु मिसमास गरेर दिन सकिन्छ। यस्तो अवस्थामा रातो र पहेँलो गुलाब एक साथ दिनु भनेको खुसीको व्यक्त गर्नु हो।

रातो र सेतो गुलाबः यस्तो मिश्रित गुलाबको गुच्छा दिनुको अर्थ एकताको सन्देश दिन खोज्नु हो।

Leave A Comment